[the_ad id="16865"]

शिक्षा नीति राम्रो हुनका लागि राजनीति स्वच्छ हुनु पर्छ ः माओबादी नेता बस्नेत

शिक्षा नीति राम्रो हुनका लागि राजनीति स्वच्छ हुनु पर्छ ः माओबादी नेता बस्नेत
[the_ad id="16873"]

बर्दिया, भाद्र १९ गते
नेकपा (माओवादी केन्द्र)का उप महाँसचिव तथा पुर्व गृहमन्त्री शक्ति बहादुर बस्नेतले सबै नीति माँउ अर्थात मुल नीति राजनीति रहेको बताउनु भएको छ । देशको शिक्षा नीति, अर्थनीति, बिदेश नीति, सामाजिक सांकृतिक नीति होस् या जुन सुकै नीतिलाई राम्रो बनाउनका लागि राजनीति नै सफा हुनु पर्ने बताउनु भएको छ । जब राजनीति स्वस्छ हुन्छ, जनताको पक्षमा हुन्छ तब हामीले बनाउने नीति सबै जनपक्षीय हुने बताउनु भएको छ । बर्दियाको राजापुरका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)को २३ औँ जिल्ला सम्मेलनलाई सम्बोधन बताउनु भएको हो ।

पुर्व मन्त्री बस्नेतले विद्यार्थीहरुलाई किताबको पाना मात्र होईन, नेपालको परिवेश पनि पढ्नका लागि आग्रह गर्नु भएको छ । विद्यार्थीहरुलाई नेपालको ईतिहास बुझ्न जरुरी छ, वर्तमान बुझ्न जरुरी छ र भविश्यमा हाम्रो देश कता जाँदै छ भन्ने कुरा बुझ्न जरुरी रहेको बताउनु भएको छ । नेपालको आर्थिक, सामाजिक, राजाीतिक अवस्था, यहाँका समस्या, यहाँका सम्भावना, यहाँको आवश्यकलाई बुझ्नु पर्ने बताउनु भएको छ । पढ्नु अर्थ बुझ्नु, समस्याको समस्याको समाधान पत्ता लगाउनु र परिवर्तन गर्ने पनि रहेको बताउनु भएको छ । विद्यार्थीहरुको अहिले हामी कहाँ छौँ, कहाँ जानु पर्ने हो, त्यसको मार्गचित्र, रोडम्याप तयार गरेर अगाडी बढ्नु पर्ने बताउनु भएको छ । भोली बिज्ञान र प्रविधि रहेको छ, विद्यार्थीहरु आज बिज्ञान र प्रविधिको माध्यमबाट धेरै कुरा सिक्न सकिने बताउनु भएको छ ।

अर्को प्रसंगमा पुर्व मन्त्री बस्नेतले अहिलेको अवस्था भनेको सविधान कार्यान्वयनको समय रहेको बताउनु भएको छ । नेपालको सविधान सविधानसभाबाट बनेको उत्कृष्ट सविधान हो । यसको कार्यान्वयनका लागि हामी सबैले आफ्नो हक, अधिकारहरु प्राप्त गर्ने सक्ने खालको रहेको बताउनु भएको छ । कुन तहको सरकारले सविधानको पुर्ण कार्यान्वयन गरीरहेको छ । त्यसलाई समर्थन गर्ने र कुन ठाँउमा कार्यान्वयान भएको छैन, त्यस ठाँउमा खवरदारी गर्न पर्ने बेला रहेको बताउनु भएको छ ।यसमा विद्यार्थीहरुले पनि महत्वपुर्ण भुमिका लेल्ने प्रशस्त ठाँउ रहेको बताउनु भएको छ ।

कार्यक्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)की केन्दीय उपाध्यक्ष प्रविना अधिकारीले शिक्षा क्षेत्रको सुधारका लागि विद्यार्थी काम गर्नु बताउनु भएको छ । देशको अवस्था र बदलिदो परिस्थिति अनुसारको शिक्षा क्षेत्र बनाउन विद्यार्थी संगठनको भुमिका रहनु पर्ने बताउनु भएको छ । अहिले शिक्षा क्षेत्रमा विद्यार्थीहरुको देश निर्माण भन्दा बैदेशिक क्षेत्रमा जाने खालको मानसिकता विकास भईरहेको छ । यसलाई रोक्न र देशको विकास हुने खालको जनशक्ति उत्पादन गर्ने विद्यालय र शिक्षा क्षेत्रलाई बनाउनु पर्ने बताउनु भएको छ ।
विद्यर्थीहरुको जिल्ला सम्मेलनमा माओबादी केन्द्रका नेता तथा विद्यार्थी संगठनका नेताहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search