[the_ad id="16865"]

बासगढीको शिक्षा शाखामा अनेरास्ववियू क्रान्तिकारी द्वारा तालाबन्दी

बासगढीको शिक्षा शाखामा अनेरास्ववियू क्रान्तिकारी द्वारा तालाबन्दी
[the_ad id="16873"]

भदौ २५ बर्दिया । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अखिल क्रान्तिकारीले बर्दिया जिल्लाको बाँसगढी नगरपालिकामा रहेको शिक्षा युवा तथा खेलकुद शाखामा अनिश्चितकालीन तालाबन्दी गरेको छ।

बाँसगढी नगरपालिकामा सञ्चालित सरकारी विद्यालयबाट अतिरिक्त कक्षाका नाममा शुल्क शुल्क लिएको भन्दै अखिल क्रान्तिकारीले तत्कालीन तालाबन्दी गरेको हो।

निशुल्क शिक्षाको अवधारणा बमोजिम सरकारी विद्यालयले निःशुल्क रुपमा पाटनपाठन गराउनुपर्ने भएपनि विद्यार्थी र अभिभावकहरुबाट शुल्क उठाइएको भन्दै अखिल क्रान्तिकारीले तालाबन्दी गरेको हो। विद्यार्थीहरूबाट शुल्क उठाउँदा अभिभावक र विद्यार्थीमाथि चर्को आर्थिक भार परेको अखिल क्रान्तिकारीको ठहर छ छ ।

विद्यार्थीहरूबाट उठाइएको उक्त शुल्क खारेजीका निम्ति संगठनले मौखिक रुपमा सचेत गराउदै आएको भएपनि नगरपालिकाले त्यसलाई व्यवस्था गरेका कारण तालाबन्दी गर्नुपरेको अखिल क्रान्तिकारीका जिल्ला संयोजक रमिता थारुले बताइन् ।

 

 

विद्यार्थीहरूबाट उठाइएको शुल्क खारेजीका लागि भाद्र १८ गते पालिकाका १३ वटा विद्यालयमा कक्षा १० मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको हस्ताक्षर संलग्न गराई शिक्षा तथा युवा खेलकुद शाखामा दिएको भएपनि त्यसलाई व्यवस्था गरिएका कारण तालाबन्दी गर्नुपरेको अध्यक्ष थारुको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search