[the_ad id="16865"]

गुलरिया उद्योग वाणिज्य संघमा पाण्डे र श्रेष्ठको प्रतिस्पर्धा

गुलरिया उद्योग वाणिज्य संघमा पाण्डे र श्रेष्ठको प्रतिस्पर्धा
[the_ad id="16873"]

भदौ २५ बर्दिया । आगामी असोज ५ गते हुने उद्योग वाणिज्य संघ गुलरियाको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष इन्द्रकुमार श्रेष्ठ र अध्यक्ष देवेन्द्र पाण्डे (मङ्गल) बीच प्रतिस्पर्धा हुने भएको छ। बर्दिया जिल्लाको गुलरियामा हुने निर्वाचनमा दुई जनाको उम्मेदवारी पर्ने संकेत देखिएको छ। दुई जनाले दुईवटा प्यानलबाट उम्मेदवार दिने जानकारी प्राप्त भएको छ। हाल वरिष्ठ उपाध्यक्ष समेत रहेका इन्द्रकुमार श्रेष्ठलाई नेकपा एमालेको समर्थन रहेको छ भने त देवेन्द्र पाण्डे मङ्गललाई नेपाली कांग्रेसले साथ दिएको देखिन्छ । व्यापारीहरूको चुनाव भन्दा पनि पार्टीका चुनावको रुपमा अगाडि सरेपछि यतिबेला दुवैजनामा तीव्र प्रतिस्पर्धा देखिएको छ। पछिल्लो समय उद्योगवाणिज्य संघमा समेत राजनीतिकरण सुरु भएपछि यस वर्षको निर्वाचनमा पनि त्यो रङ देखिन सुरु गरिएको हो ।

आगामी २९ गते साधारण सभा हुने र असोज ५ गते निर्वाचनको मिति घोषणा हुने भएपछि यतिबेला दुवै उम्मेदवारहरू प्यानल सहित भोट माग्नमा व्यस्त देखिएका छन् उद्योग वाणिज्य संघ गुलरियाको निर्वाचनका लागि विभिन्न पदहरुमा उम्मेदवारी दिने हल्ला सार्वजनिक भइरहेका बेला दुई जनाको प्रतिस्पर्धामा कसले बाजी मार्छ यसै भन्न कठिन छ तर पनि व्यापारीहरूको निर्वाचनमा राजनीतिक हस्तक्षेप बढ्दै जानुले यसलाई अर्को चासोको विषयको रुपमा पनि हेरिएको छ । वर्तमान अध्यक्ष देवेन्द्र पाण्डे मङ्गल र वरिष्ठ उपाध्यक्ष इन्द्रकुमार श्रेष्ठ बीच तीव्र प्रतिस्पर्धा हुने स्थानीय व्यापारीहरु बताउँछन्।

तर पनि स्थानीय व्यापारीको भनाइलाई उद्धृत गर्ने हो भने दुई जनामा पनि देवेन्द्र पाण्डे मङ्गलको पल्ला नै भारी देखिन्छ । नेकपा एमालेले वार्ताका लागि पूर्व अध्यक्ष अमरबहादुर खड्कालाई जिम्मेवारी दिएको छ भने नेपाली कांग्रेसले पनि एमालेसँग वार्ता गर्नका लागि पूर्व अध्यक्ष बिरु चौधरीको संयोजकतामा तीन सदस्य समिति गठन गरेको छ। समितिको पटकपटक बसेको बैठकले समेत कुनै निष्कर्ष निकाल्न नसकेपछि यतिबेला व्यापारीहरु प्रतिस्पर्धामा जाने तयारीमा जुटेका छन्। नागरिक उन्मुक्ति पार्टी त्यसैगरी नेकपा माओवादी र अन्य पार्टीहरूले मङ्गलप्रसाद पाण्डेलाई समर्थन गर्दै उम्मेदवारी मिलेर दर्ता गर्ने जनाएका छन् भने एमाले पनि वार्तामा बसेर समस्याको समाधान गर्ने अडान लिइरहेको छ । यो समाचार तयार पार्दासम्म कुनै पनि वार्ता निष्कर्षमा नपुगेको हामीलाई जानकारी प्राप्त भएको छ भने वार्ता टोलीको बैठक बसिरहेको समेत हामीले जानकारी प्राप्त गरेका छौं ।

केन्द्रीय समिति अनुसार सरकार सञ्चालनमा दुई दल समावेश भएको र जिल्लास्तरमा पनि दुई दल समावेश हुनुपर्नेमा जोड दिइरहेका स्थानीय व्यापारीहरूले सबै मिलेर व्यापार संघलाई व्यापार संघ बनाउनुपर्ने भन्दै आवाज उठाइरहेका छन् । पाण्डे र श्रेष्ठ दुवै व्यापार सङ्घका लागि आवश्यक हुन् तर प्रतिस्पर्धामा उत्रिए भने बाजी मार्नेले जित्ने र एकजनाले हार्ने निश्चित छ। त्यसैले पनि समग्र विकासका लागि मिलेर जानुको विकल्प नरहेको व्यवसायीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search