[the_ad id="16865"]

राष्ट्रपतिद्वारा वरिष्ठ महिला चिकित्सक सम्मानित

राष्ट्रपतिद्वारा वरिष्ठ महिला चिकित्सक सम्मानित
[the_ad id="16873"]

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान गर्नुभएको छ । नेपाल चिकित्सक संघद्धारा वुमेन इन मेडिसिन इन नेपाल २०२४ अन्तर्गत राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले ती महिला चिकित्सकहरूलाई सम्मान गर्नुभएको हो ।

सम्मानित हुनेहरूमा वुमेन इन मेडिसिन इन नेपाल अवार्ड अन्न्तर्गत डा. रीता गुरूङ, डा. शान्तकुमारी सापकोटा, डा. हीरा तुलाधर, डा. गीता सायमी र डा. कल्पना सुवेदी उपाध्याय हुनुहुन्छ । वुमेन इन मेडिसिन इन नेपाल लाइफटाइम एचिभमेन्ट अवार्ड अन्तर्गत डा. सुनिता आचार्य, डा. सुधा खकुरेल, डा.बिमला लाखे, डा.मालती त्रिपाठी र डा.अम्बिका श्रेष्ठ हुनुहुन्छ । उहाँहरुलाई राष्ट्रपति पौडेलले दोसल्ला एवम् सम्मानपत्रसहित सम्मान गर्नुभएको थियो । संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीको सभापतित्वमा सो कार्यक्रम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search