[the_ad id="16865"]

बर्दियामा ट्राफिक व्यवस्थापनका लागि सामग्री सहयोग

बर्दियामा ट्राफिक व्यवस्थापनका लागि सामग्री सहयोग
[the_ad id="16873"]

संजय आचार्य
बदिया, भाद २९ गते । हुलाकी सडक कार्यालय बाँके द्वारा जिल्ला प्रशास्त कार्यालय मार्फत जिल्ला ट्राफिक कार्यालय बर्दियालाई ५ लाख ५० हजार बरावरको सामाग्री हस्तान्तरण गरेको छ।

बिहिवार एक कार्यक्रम को आयोजना गरी सामाग्री हस्तान्तरण  गरिएको हो ।

सडक दुर्घटना न्यूनिकरण का साथै सडक सुरक्षामा खटिएका प्रहरी हरुको सहजताका लागी केही भए पनि सहयोग होस भन्ने उद्देश्यले सक्दो सामाग्री प्रदान गरिएको हुलाकी राजमार्ग योजना कार्यालयका योजना प्रमुख लिला बहादुर भण्डारीले बताउनु भयो । भण्डारीले बर्दिया प्रशासनले आवश्यक सामाग्रीका लागि पहल गरेकोमा धन्यवाद समेत दिनुभयो

ब्रेय लाइजर २ थान , म्याजिक लाइट १० थान , ट्राफिक डिभाइडर १५ थान . ट्राफिक कोन  ५० थान सामाग्री जिल्ला प्रशासन कार्यालय मार्फत  ट्रफिक कार्यालय वर्दिया का प्रमुख प्रहरी निरीक्षक सुधिर कुमार  खडकाले  बुझ्नु भएको छ। सामाग्री अभावका कारण काम गर्ने अप्ठयारो भएको अवस्थामा   खडकाले सामाग्री प्राप्त पश्चात आगामी दिनमा कार्य गर्ने धेरै सजिलो हुने बताउनु भयो ।

सामाग्री हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा, जिल्ला समन्य प्रमुख सुर्य बहादुर बिष्ट लगायतको प्रहरी हरु समेतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search