[the_ad id="16865"]

शिक्षकहरुलाई एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

शिक्षकहरुलाई एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न
[the_ad id="16873"]

असोज ४ बर्दिया । बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद शाखा गुलरिया नगरपालिकाको समन्वयमा शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तीन दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । बाँके युनेस्को क्लबले बालविवाह न्यूनीकरणका लागि शसक्त बालिका परियोजना अन्र्तगत गुलरिया नगरपालिकाका ४६ वटा सामुदायिक बिद्यालयका १ सय ४० जना लाई कार्यशाला गोष्ठीमा एकीकृत पाठ्यक्रम सम्बन्धी जानकारी गराइएको थियो।

कक्षा १ देखि कक्षा ३ सम्मका शिक्षकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा सशक्त बालिका परियोजनाका कार्यक्रम संयोजक गोबिन्द प्रसाद लामिछानेले सहजीकरण गर्नुभएको थियो।

एकीकृत पाठ्यक्रम सम्बन्धी तालिमको मुख्य उदेश्य शिक्षकहरुलाई बिद्यार्थीहरुको सिकाई प्रकृया तथा मुल्याङ्कन पद्धतिमा सहजता ल्याउनका लागि विद्यार्थीरुको मानसवटलमा सकारात्मक लैगिंक अभ्यासहरुको सिकाई, समाजमा रहेका नकारात्मक लैगिंक अवधारणा सम्बन्धि सोचहरुमा परिवर्तन, बिधार्थीहरुको व्यवहारमा परिवर्तन ल्याउन, नैतिक शिक्षामा जोड, बिधार्थीहरुको सृजनासिलता सीप विकास, नव परिवर्तन र वैज्ञानिक र व्यवहारिक शिक्षण सिकाई उपलब्धि गर्नमा सहयोग पुगोस साथै बिद्यालयको समग्र विकास र व्यवस्थापनमा सहयोग पुगोस भन्ने रहेको छ ।

यस तालिमको सहजिकरण मधुवन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नारायण प्रसाद खनाल तथा ठाकुरबाबा न.पा शिषु बालमन्दिरका प्रधानाध्यापक शंकर प्रसाद आर्चायले गर्नु भर्एको थियो र बाँके युनेस्को क्लवका परियोजना कार्यक्रम अधिकृत इृश्वर बि.क, अनुगमन तथा मुल्याङ्कन अधिकृत अनु चौधरी, फिल्ड सुपरभाईजर भगवती बि.क.को समेत उपस्थिती रहेको थियो ।

उक्त तालिमको समापन कार्यक्रममा तालिमका सहभागि सुजना भुषालले यस कार्यशाला गोष्ठी अतिनै उपलब्धिमुलक सिकाई, सकारात्मक बुझाई, समय सान्र्धभिक, बिद्यार्थीहरुलाई एकिकृत पाठ्यक्रममा मुल्याङ्कन पद्धती तथा व्यवहारिक शिक्षण सिकाई तथा बिद्यार्थीेको सिकाई उपलब्धीमा सहयोग पुग्ने बताउदै शसक्त बालिका परियोजनाले बिधालयको शैक्षिक गुण्स्तर परिवर्तन गरी बालबालिकाहरुको नेतृव्व विकास र अध्यान रुचीमा सहयोग पुगिरहेको कारण पालिकाले यस्ता खालका क्षमता अभिबृद्धि कार्यक्रमहरुलाई निरन्तरता दिनका लागि माग गर्नु भएको थियो ।

त्यसैगरी शिक्षक सरला रेग्मीका अनुसार बिद्यालयमा बिद्यार्थीको अत्याधिक संख्या रहेको तर सो अनुसार शिक्षकको व्यवस्थपन नर्गदा शिक्षकहरु मर्कामा परेका कारणले मुल्याङ्कन पद्धतिलाई पुर्ण रुपमा कार्यान्वयन नसकिरहेकोले यस अभिमुखीकरण कार्यक्रमले सहज गराउने र बिद्यार्थी अनसारको शिक्षकको व्यवस्थापन लागि गुलरिया नगरपालिकाले ध्यान पुराउनु पर्ने बतायनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search