[the_ad id="16865"]

यातायात र छोटी भन्सार कार्यालय स्थापनाको माग गर्दै उद्योग वाणिज्य सङ्घले बुझायो ज्ञापनपत्र

यातायात र छोटी भन्सार कार्यालय स्थापनाको माग गर्दै उद्योग वाणिज्य सङ्घले बुझायो ज्ञापनपत्र
[the_ad id="16873"]

गुलरिया उद्योग वाणिज्य सङ्घले विभिन्न माग राखी प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ। गुलरिया उद्योग वाणिज्य संघका अध्यक्ष देवेन्द्र पाण्डे (मङ्गल) सहितको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो। द्वन्दकालमा विस्थापित भएका बर्दियाका विभिन्न छोटी भन्सार कार्यालयहरू स्थापना लगायत लौकाई बलेगाउँ नाका व्यवस्थित गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो।

८४ किलोमिटर खुला सीमा भएको बर्दिया जिल्लामा द्वन्दकालमा विस्थापित भएका करिब आधा दर्जन छोटी भन्सार कार्यालयहरू पुनरस्थापना हुन नसक्दा राजस्व सङ्कलनमा समेत समस्या भएको भन्दै र व्यापार व्यवसायमा समेत असर परेको गुलरिया उद्योग वाणिज्य संघले ज्ञापनपत्र बुझाएको जनाएको छ ।

त्यसैगरी ४ लाख स्थानीयवासी भएको बर्दिया जिल्लामा यातायात कार्यालय सञ्चालन नहुँदा स्थानीयलाई निकै समस्या परेको भन्दै प्रदेश सरकारलाई समेत उद्योग वाणिज्य संघ गुलरियाले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएको उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डे मङ्गलले बताउनुभयो ।

व्यापारीहरूको ज्ञापनपत्र बुझिसकेपछि बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आफूले उहाँहरूको समस्या समाधानका लागि पहल गर्ने व्यवसायीहरूलाई बताउनुभएको छ। उहाँहरूको ज्ञापनपत्र सम्बन्धित मन्त्रालयमा पठाउने जानकारी समेत परिचय शर्माले दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search