[the_ad id="16865"]

देशमा भइरहेको बाढी पहिरोप्रति राष्ट्रपतिको चिन्ता

देशमा भइरहेको बाढी पहिरोप्रति राष्ट्रपतिको चिन्ता
[the_ad id="16873"]

बाढीपहिरोबाट भएको धनजनको क्षतिप्रति राष्ट्पतिको चिन्ता
काठमाडौः राष्ट्रपति रामचन्द्र पौडेलले लगातार परेको भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे चासो र चिन्ता व्यक्त
गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले गृहमन्त्री रमेश लेखकलाई टेलिफोन गरी भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे जानकारी लिनुभएको हो। उहाँले देशका विभिन्न स्थानमा बढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दे उद्धार तथा राहत कार्यमा तत्काल जुट्न मातहतका निकायलाई प्रभावकारी काम गर्न निर्देशन पनि दिनुभएको छ । साथै राष्ट्रपति पोडेलले विपदको यस क्षणमा सहयोगका लागि सम्पूर्णमा अपिल पनि गर्नुभएको छ ।


उहाँले देशभर परिरहेको अविरल वर्षाका कारण बिभिन्न ठाउँमा आएको बाढी, पहिरो र भूक्षयको प्रकोपबाट बच्न सुरक्षा मापदण्डहरूको पालना गरी सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search