[the_ad id="16865"]

युवा निर्माण व्यवसायी केसीले गरे विपन्न परिवारलाई खाद्यान्न सहित नगद सहयोग

युवा निर्माण व्यवसायी केसीले गरे विपन्न परिवारलाई खाद्यान्न सहित नगद सहयोग
[the_ad id="16873"]

ज्योति पन्थी
बर्दियाका युवा निर्माण व्यवसायी बिमल केसीले गरिब तथा विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेका छन्। निर्माण क्षेत्रमा पछिल्लो समय आफ्नो पकट जमाउन सफल भएका युवा निर्माण व्यवसायी केसीले विजयादशमी तथा शुभ दीपावलीको अवसर पारेर २३ परिवारलाई खाद्यान्न सामग्री सहित नगद सहयोग गरेका हुन्। गुलेरिया नगरपालिकाका विभिन्न वडाहरूमा बसोबास गर्दै आएका विपन्न परिवारलाई २५ केजी चामल ,दुई केजी दाल दुई लिटर खाने तेल एक पकेट नुन स्वाइबिन एक केजी सहित रु १ हजार नगद सहयोग गरेका हुन् ।

दशैं जस्तो महान पर्वमा अति विपन्न परिवारका कसैलाई पनि भोको बस्न नपरोस् भन्ने उद्देश्यका साथ खाद्यान्न तथा नगद सहयोग गरिएको निर्माण व्यवसाय संघ बर्दियाका वरिष्ठ उपाध्यक्ष एवं युवा निर्माण व्यवसायी बिमल केसीले बताए । उनले भने आफ्नो तडकभडकको चाडपर्व मनाउनु भन्दा विपन्न परिवारलाई सहयोग गरेर चाडपर्व मनाउनुपर्ने उद्देश्य बमोजिम सहयोग गरेको हुँ।


केसी पछिल्लो समय निर्माण क्षेत्रमा समेत आफ्नो पकड जमाउन सफल भएका छन्। सानै उमेरमा निर्माण व्यवसायी संघ बर्दियाको वरिष्ठ उपाध्यक्ष पद समेत जित्न सफल भएका केसीले पछिल्लो समय सामाजिक सेवामा समेत काम गर्दै आएका छन् । युवा व्यवसायी केसीले सहयोग गरेको खाद्यान्न सामग्री र नगद बुझिसकेपछि स्थानीय समेत खुसी देखिएका छन् । चाडपर्वको समयमा आफ्नो घरमा चुलो बोल्ने समस्याले पिरोलिरहेका बेला केसीको सहयोग भगवानको वरदान साबित हुने स्थानीयले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search