[the_ad id="16865"]

बालविवाह मुक्त वडा घोषणा कार्यक्रम सम्पन्न

बालविवाह मुक्त वडा घोषणा कार्यक्रम सम्पन्न
[the_ad id="16873"]

ज्योति पन्थी । गुलरिया नगरपालिकाले आर्थिक वर्ष २०८२ सालसम्ममा गुलरिया नगरपालिकालाई बालविवाह मुक्त नगरपालिका घोषणा गर्नका लागि विभिन्न वडाहरूमा बालविवाह मुक्त वडा घोषणा गरिरहेको छ। यसअघि गुलरिया नगरपालिकाले गुलरिया नगरपालिकाको वडा नम्बर १२ र वडा नम्बर ८ लाई बालविवाह मुक्त वडा घोषणा गरिसकेको छ भने शुक्रबार गुलरिया नगरपालिकाको वडा नम्बर ४ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ।

बालविवाह मुक्त वडा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले बालविवाह गर्नु कानुनविपरीत भएकाले नगरपालिकाले छिट्टै नगरपालिकालाई नै बालविवाह मुक्त नगरपालिका घोषणा गर्ने तयारी गर्ने गरी वडाहरुमा बालविवाह मुक्त वडा घोषणा कार्यक्रम सुरु गरिएको जानकारी गराउनुभयो ।

कार्यक्रममा उपप्रमुख सावित्रा गौतमले बालविवाहले समाजमा विकृति निम्त्याउने भन्दै त्यस्ता कामहरुलाई निरुत्साहित गर्न वडास्तरमै बालविवाहमुक्त वडा घोषणा गरेर नगरलाई समेत बालविवाह मुक्त नगर घोषणा गर्ने तयारी नगरपालिकाले गरेको जानकारी दिनुभयो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह महिला तथा बालबालिका शाखा अधिकृत शिला शाह गुलरिया नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुरेश गौतम गुलरिया नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हरिप्रसाद पासवान लगायतको उपस्थिति रहेको थियो। गुलरिया नगरपालिकालाई बालविवाह मुक्त नगरपालिका घोषणा गर्नका लागि प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लब बि ग्रुप लगायतले सहयोग गर्दै आइरहेका छन् ।

गुलरिया नगरपालिकाले वडा नम्बर ४ सहित अहिलेसम्म तीनवटा वडालाई बालविवाह मुक्त वडा घोषणा गरिसकेको छ भने बाँकी रहेका ९ वटा वडालाई पनि छिटै बालविवाह मुक्त वडा घोषणा गरेर नगरलाई समेत बालविवाहमुक्त नगरपालिका घोषणा गर्न थालिएको महिला तथा बालबालिका शाखा अधिकृत शिला शाहले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search