एन्डिज शर्मा । गुलरिया नगरपालिकालाई सन् २०२५ सम्ममा बालविवाह मुक्त नगरपालिका घोषणा गर्नका लागि अहिले विभिन्न स्तरमा कामहरू भइरहेका छन्। गुलरिया नगरपालिकाले नगरपालिकालाई विभागमुक्त नगरपालिका घोषणा गर्नका लागि यतिबेला वडाहरुलाई बालविवाहमुक्त वडा घोषणा कार्यक्रम भइरहेका छन् ।
१२ वटा वडा रहेको गुलरिया नगरपालिकामा अहिलेसम्म वडा नम्बर १२ वडा नम्बर ८ वडा नम्बर ७ वडा नम्बर ६ वडा नम्बर ५ र वडा नम्बर १ लाई बालविवाह मुक्त वडा घोषणा गरिसकेको छ। प्लान नेपालको आर्थिक सहयोग बाँके युनेस्को क्लब र वि ग्रुपको समन्वयमा गुलरिया नगरपालिकाका विभिन्न वडाहरूलाई बालविवाहमुक्त वडा घोषणा गरिएको महिला तथा बालबालिका शाखा प्रमुख शिला शाहले बताउनुभयो ।
सोमबार वडा नम्बर ५ छ र ७ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको थियो भने मङ्गलबार वडा नम्बर १ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ यसैसँगै बालविवाह मुक्त वडा घोषणा कार्यक्रम मा अहिलेसम्म छवटा वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले बताउनुभयो । सन् २०२५ सम्ममा गुलरिया नगरपालिकालाई बालविवाहमुक्त नगरपालिका घोषणा गर्नका लागि १२ वटा वडालाई नै सबैभन्दा पहिला बालविवाहमुक्त वडा घोषणा गर्नुपर्ने भएकाले अहिले बालविवाहमुक्त वडा घोषणा गर्नका लागि तदारुक्ताका साथ काम भइरहेको गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले बताउनुभयो ।
सानो उमेरमा विवाह गर्दा शारीरिक तथा मानसिक अवस्था कमजोर हुने भएकाले बिहाबारी २० वर्ष पारी भन्ने मुख्य नाराका साथ सन् २०२५ सम्ममा गुलरिया नगरपालिकालाई बालविवाहमुक्त नगरपालिका घोषणा गर्ने गरी तयारी गरिएको गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले बताउनुभयो ।
बालविवाह मुक्त नगरपालिका घोषणाका लागि आर्थिक तथा समन्वयात्मक सहयोग गर्दै आइरहेको बाँकी युनेस्को क्लबले बाँकी रहेका वडाहरुमा पनि बालविवाह मुक्त वडा घोषणा गरेर नगरपालिकालाई नै बालविवाहमुक्त नगरपालिका घोषणा गर्न र सरकारी लक्ष्य प्राप्त गर्नका लागि आफूले सहयोग गरेको बाँके युनेस्को क्लबका बर्दियाका कार्यक्रम संयोजक गोविन्दप्रसाद लामिछानेले बताउनुभयो ।