एन्डिज शर्मा बर्दिया बालविवाह न्यूनीकरणको क्षेत्रमा काम गर्दै आएको बाँके युनेस्को क्लबले धार्मिक गुरु तथा सामाजिक अगुवाका लागि सकारात्मक यौनिकता शिक्षा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम बर्दियाको गुलरियामा सम्पन्न भएको छ। बर्दियाको गुलरिया नगरपालिकामा रहेका धार्मिक गुरु तथा सामाजिक अगुवा लगायत विद्यार्थीहरु सहितको उक्त कार्यक्रम बर्दियाको गुलरियामा सम्पन्न भएको हो।
बाँके युनेस्को क्लब गुलेरियाले आयोजना गरेको उक्त अभिमुखीकरण कार्यक्रममा गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले बाँके युनेस्को क्लबले बालिका शिक्षा परियोजना सम्बन्धी काम गर्दै आइरहेको र बालविवाह न्यूनीकरणमा समेत यसले टेवा पुग्ने भएकाले यस्ता कार्यक्रमहरू आयोजना गर्दै जानुपर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै गुलरिया नगरपालिकाकी उपप्रमुख गौतमले यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी अभिमुखीकरणले बालबालिका र धार्मिक गुरुहरूमा समेत प्रभाव पार्ने बताउनु भयो । पछिल्लो समय बालविवाह न्यूनीकरणका लागि क्लबले बर्दियाको गुलरिया नगरपालिकामा विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ।
कार्यक्रममा धार्मिक गुरु तथा अगुवाहरूका लागि सकारात्मक प्रभाव पार्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको बाँके युनेस्को क्लब बर्दियाकी कर्मचारी भगवती बिकले बताउनुभयो । उक्त कार्यक्रममा मथुरा हर्द्वार स्वास्थ्य चौकीका प्रमुख कमल भट्टराईले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा धार्मिक गुरुहरू सामाजिक अभियान्ताहरू र बालबालिकाहरूको समेत उपस्थिति रहेको थियो।