[the_ad id="16865"]

शान्ति पुनर्स्थापना गृहको वार्षिक सामाजिक लेखा परीक्षण सम्पन्न

शान्ति पुनर्स्थापना गृहको वार्षिक सामाजिक लेखा परीक्षण सम्पन्न
[the_ad id="16873"]

ज्योति पन्थी हाम्रो आह्वान मानव बेचबिखन विरुद्धको अभियान भन्ने मूल नाराका साथ संचालनरत रहेको शान्ति पुनर्स्थापना गृह बर्दियाको वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम आज बर्दियाको सदरमुकाम गुलरियामा सम्पन्न भएको छ। बर्दियाको बढैयाताल गाउँपालिका गुलरिया नगरपालिका र मधुवन नगरपालिकामा चेलीबेटी बेचबिखन विरुद्ध रोकथामको काम गर्दै आएको शान्ति पुनर्स्थापना गृहको सामाजिक लेखा परीक्षण कार्यक्रममा बोल्दै गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले गुलरिया नगरपालिका लगायत बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका गुलरिया नगरपालिका नगरपालिका र राजापुर नगरपालिका समेत नेपाल भारत सीमा क्षेत्रमा पर्ने भएकाले शान्ति पुनर्स्थापना गृहले सञ्चालन गरेको रोकथाम कार्यक्रमलाई अन्य पालिकामा समेत बढाउनुपर्ने धारणा राख्नुभयो
त्यसैगरी कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख अमिता यादवले बर्दिया जिल्ला भारतसँग खुला सिमाना भएको जिल्ला भएको र त्यसमा पनि भारतीय क्षेत्र अधिकांश जङ्गल क्षेत्र पर्ने भएकाले ससानो बाटोहरूबाट पनि मानव बेचबिखन कार्य हुन सक्ने भन्दै त्यसलाई नियन्त्रण गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

गुलरियामा सम्पन्न उक्त कार्यक्रममा संस्थाले २०५० सालदेखि नै मानव बेचबिखन विरुद्धको कार्यक्रम सञ्चालन गर्दै आइरहेको केन्द्रीय उद्धार संयोजक भूमिराज भट्टराईले बताउनुभयो । उहाँले नेपाल भारत सीमा क्षेत्रका आठवटा जिल्लामा ३१ वटा उपशाखा सञ्चालन गरेर बेचबिखन नियन्त्रण गर्न शान्ति पुनर्स्थापना गृह लागेको समेत बताउनुभयो।

शान्ति पुनर्स्थापना गृहको सामाजिक लेखा परीक्षणमा बोल्दै जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायबरीक्षक ऋषिराम घर्ती मगरले कानुनबमोजिम हुने काममा हातेमालो गर्न बर्दिया प्रहरी प्रतिबद्ध रहेको जानकारी गराउनुभयो। कार्यक्रममा शान्ति पुनर्स्थापना गृहले बर्दिया लगायत विभिन्न जिल्लामा गरेको उद्धार सम्बन्धी विवरण समेत सार्वजनिक गरिएको थियो।

पछिल्लो समय शान्ति पुनर्स्थापना गृहले नेपाल भारत सिमा क्षेत्र अन्तर्गत पर्ने आठवटा जिल्लामा ३१ वटा उपशाखा सञ्चालन गरेर बेचबिखन नियन्त्रण गर्ने कार्यमा काम गर्दै आइरहेको छ। बर्दिया जिल्लामा पनि शान्ति पुनर्स्थापना गृहले बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका र गुलेरिया नगरपालिकाको विभिन्न स्थानमा नेपाल भारत सिमा क्षेत्रमा मानव बेचबिखन विरुद्धको नियन्त्रण कार्य सञ्चालन गर्दै आइरहेको शान्ति पुनर्स्थापना गृह बर्दियाकी कार्यक्रम संयोजक सपना शर्माले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search