[the_ad id="16865"]

सरकारको नीति कार्यान्वयन गर्न नगरपालिका प्रतिबद्ध छ – उपप्रमुख गौतम

सरकारको नीति कार्यान्वयन गर्न नगरपालिका प्रतिबद्ध छ – उपप्रमुख गौतम
[the_ad id="16873"]

प्लान इन्टरनेसनल नेपाल र कोइकाको आर्थिक सहयोगमा किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना अन्तर्गत पालिका स्तरीय किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा सरकारको नीति तथा कार्यक्रम बारे छलफल कार्यक्रम बर्दियाको गुलरियामा सम्पन्न भएको छ।

राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरियाले आयोजना गरेको उक्त कार्यक्रममा गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले सरकारको नीतिलाई कार्यान्वयन गर्न गुलरिया नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । किशोर किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यका लागि सरकारले जारी गरेको निर्देशिका र नीतिबमोजिम गुलरिया नगरपालिका अगाडि बढ्ने र त्यसमा जिल्लामा सञ्चालन रहेका संघसंस्थाहरुले समेत सहयोग गर्नुपर्ने आवश्यकता रहेको समेत उहाँले बताउनुभयो। कार्यक्रममा राधाकृष्ण थारु जनसेवा केन्द्रमा कार्यरत कर्मचारी एवं तथा मूल्याङ्कन अधिकृत सुमित्रा पौडेलले सरकारले जारी गरेको निर्देशिका बमोजिम आफूहरुले काम गरिरहेको जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा गुलरिया नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जोगीराम थारु गुलरिया नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष टंकप्रसाद अधिकारी शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत सतिश यादव महिला तथा बालबालिका शाखा प्रमुख शिला शाह

जिल्ला स्वास्थ्य शाखा प्रमुख शिवकुमार चौधरी स्वास्थ्य कार्यालयका प्रतिनिधि लगायत विद्यार्थी र अभिभावकहरू सहित कार्यक्रममा नगरपालिका स्तरीय किशोर किशोरी मैत्री समन्वय समितिका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय बर्दियाका अधिकृत पदमा श्रेष्ठले गर्नुभएको थियो।

कार्यक्रममा किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको अवस्थाबारे समेत जानकारी गराइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search