ज्योति पन्थी
बर्दिया पुस १५ गते । ३६ हजार हेक्टर जमिनमा सिचाई सुविधा पुरयाउँने उदेश्यले २०२४ साल देखि अध्यन शुरु गरिएको बबई सिचाई आयोजनाले २०४५ साल देखि नहर निर्माण शुरु गरेको भए पनि यस बर्ष देखि सदरमुकाम गुलरिया केन्द्रित काम शुरु गरेको छ ।
बर्दिया जिल्लामा राष्टिय गौरवको रुपमा दुई दशक अघि स्थापना भएको बबई सिचाई आयोजनाले यस बषै देखि सदरमुकाम केन्द्रित भएर काम गर्ने भएको छ । बबई सिचाई आयोजना स्थापनाको दुई दशक पुरा भए पछि बबई सिचाई आयोजनाले बर्दियाको सदरमुकाम गुलरियाका कृषकहरुलाई पानि पुरयाउँने उद्धेश्य सहित ९ किलोमिटर शाखा नहर र ४ किलोमिटर मुल नहर निर्माणको काम शुरु गर्न लागेको निर्माण कम्पनीका प्रो प्राईटर बिमल के.सीले बताए । बर्दियाको दक्षिण भागमा पानिको अभावका कारण कृषकहरुले कृषि क्षेत्रमा काम गर्न सकि रहेका थिएनन बबई सिचाई आयोजना गुलरिया नगरपालिका पुग्ने आस गरेर बसेका स्थानियलाई भने नहर निर्माण भए पछि आफुहरुको खेतबारीमा अन्न उत्पादन बढने स्थनजिय कृषक दुखराम थारुले बताए ।
बबई सिचाई स्थापना पश्चात बबई सिचाईले बिगतको दुई दशक सम्म पुर्वि र पश्चिम नहरकाा रुपमा काम गर्दे आएको थियो । बर्दियको बासगढी नगरपालिका, ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकामा मुल नहर सहित शाखा नहरको समेत काम सम्पन्न भई सकेको छ तर सदरमुकाम समेत रहेको गुलरिया नगरपालिकाकामा नहर निर्माण नहुदा स्थानियलाई समेत समस्या परेको थियो भने स्थानियले महगो शुल्क तिरेर बिजुलि र जेनेटर बाट कृषी गर्दे आई रहेका थिए तर अहिले नहर शुरु भए पछि आफुहरुलाई खुसि लागेको जिल्ला समन्वय समिति बर्दियाका उपसभापति अमिता यादवले बताईन ।
बर्दियाको ८ स्थानिय तह मध्य बबई सिचाई आयोजनाले ६ स्थानियत तहमा काम गरेको छ जस समध्यमा बारबर्दिया नगरपालिका,ठाकुरबाबा नगरपालिका, मधुवन नगरपालिका बासगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा नहर निर्माणको काम करिव करिव सम्पन्न भई सकेको छ भने बबई सिचाई आयोजनाले यस बर्ष देखि गुलरिया नगरपालिकाम काम शुरु गरेर किसानलाई न्याय गरेको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताउँनु भयो ।
बबई सिचाई आयोजनानले पुर्व तर्फ ३४ किलोमिटर मुल नहर निर्माण गरेको छ भने गुलरिया नगरपालिकामा निर्माण सम्पन्न पश्चात पश्चिम नहर ४१ किलोमिटर गरी कुल ९१ किलोमिटर नहर निर्माणको काम पुरा गर्ने गरि काम शुरु गरिएको र राष्टिय गौरवको आयोजनालाई पुर्णता दिने अभियानमा बबई सिचाई आयोजना लागेको बबई सिचाई आयोजनाका अयाोजना प्रमुख शुसिलचन्द्र देवकोटाले बताउँनु भयो । देवकोटाले भन्नु भयो गुलरियामा आज देखि ४ किलोमिटर मुल नहर र ९ किलोमिटर शाखा नहरको काम भई रहेको छ त्यसले नगरका कृषकलाई फाईदा पुग्नेमा आफु बिश्वस्त रहेको बताउँनु भयो ।