[the_ad id="16865"]

भूकम्पविद भन्छन् छ वटा पराकम्पन गइसक्यो ठूलो भूकम्प जान सक्छ

भूकम्पविद भन्छन् छ वटा पराकम्पन गइसक्यो ठूलो भूकम्प जान सक्छ
[the_ad id="16873"]

काठमाडौं । तिब्बतको दिङ्गी केन्द्रविन्दु बनाएर गएको भूकम्पको परकम्प गइरहेको छ । बिहान ८:४५ सम्म ६ वटा परकम्प गएको भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए ।

बिहान करिब ६:५१ मा गएको भूकम्पको “हालसम्म ६ वटा परकम्प गइसकेको छ । ४ म्याग्निच्युडभन्दा माथिका ६ वटा परकम्प गएको हो,” अधिकारीले बाह्रखरीसँग भने, “४ भन्दा तलका परकम्प त धेरै नै गइसकेका छन् । ४ देखि ५.२ सम्मका ६ वटा परकम्प गएका छन् ।”

यीभन्दा ठूलो परकम्प जाने सम्भावना रहेको उनले जानकारी दिए । “अहिलेसम्म आएका परकम्पभन्दा ठूलो परकम्प जाने सम्भावना रहन्छ,” उनी प्रष्ट पार्छन्, “यद्यपि, ७ म्याग्निच्युडभन्दा ठूलो भने हुने सम्भावना कम हुन्छ ।”

तिब्बतको दिङ्गी केन्द्रबिन्दु बनाएर आज बिहान ६:५० बजे ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search