[the_ad id="16865"]

विपन्न र आर्थिक अवस्था कमजोर भएका नागरिकको साथमा नगरपालिका छ – नगर प्रमुख यादव

विपन्न र आर्थिक अवस्था कमजोर भएका नागरिकको साथमा नगरपालिका छ – नगर प्रमुख यादव
[the_ad id="16873"]

ज्योति पन्थी गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले विपन्न परिवार आयस्तर न्यून भएका परिवार चिसोबाट प्रभावित परिवारका लागि सहयोग गर्न नगरपालिका तत्पर रहेको बताउनुभएको छ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले आयोजना गरेको विपद व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै नगरप्रमुख यादवले उक्त कुरा बताउनुभएको हो। पछिल्लो समय शीतलरका कारण स्थानीयलाई समस्या पर्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय बर्दियाले आह्वान गरेको विपद व्यवस्थापन समितिको बैठकमा नगरपालिकाले केही दिन यतादेखि चिसो बढेसँगै स्थानीय प्रभावित परिवारलाई ब्ल्याङ्केट वितरणको कार्यक्रम सुरु गरिसकेको छरछिमेकमा पनि त्यस्ता विपन्न परिवार र आर्थिक अवस्था कमजोर भएका परिवार भए जानकारी गराउन अनुरोध गर्नु भयो । पश्चिम तराईका जिल्लाहरूमा अत्याधिक मात्रामा चिसो बढ्दै जाँदा स्थानीयहरू प्रभावित भएका छन्।

चिसो लाई मध्यनजर गर्दै गुलरिया नगरपालिकाले चिसोबाट बचाउनका लागि स्थानीयलाई ब्ल्याङ्केट दाउरा वितरण गर्न समेत सुरु गरेको छ। आर्थिक अवस्था न्यून भएका स्थानीयलाई बिहान साँझको छाक टार्न मुस्किल परिरहेको अवस्थामा चिसोबाट बचाउनका लागि उनीहरूलाई ब्ल्याङ्केट वितरण गरिएको गुलरिया नगरपालिकाले जनाएको छ। उता जिल्ला प्रशासन कार्यालय बर्दियाले भने आफ्ना नागरिकलाई सक्दो सहयोग गर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search