[the_ad id="16865"]

गुलरियामा निर्माणाधीन नमुना विद्यालयलाई सहयोग गर्छौं – मन्त्री तिमिल्सिना

गुलरियामा निर्माणाधीन नमुना विद्यालयलाई सहयोग गर्छौं – मन्त्री तिमिल्सिना
[the_ad id="16873"]

बर्दिया फागुन ६ गते । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले बर्दियाको सदरमुकाम गुलरियामा निर्माणाधीन चरणमा रहेको विद्यालयको निरीक्षण गर्नुभएको छ। गुलेरिया नगरपालिकाले नमुना विद्यालय बनाउने उद्देश्यअनुरूप गुलरिया नगरपालिका वडा नम्बर ९ को खालपुरमा सुरु गरेको नमुना विद्यालयको मन्त्री तिमिल्सिनाले निरीक्षण गर्नुभएको हो। गुलरिया नगरपालिकाले आफ्नै लगानीमा वडा नम्बर ९ मा सुविधा सम्पन्न विद्यालय निर्माण सुरु गरेको छ। नगरपालिकाले निर्माण सुरु गरेको उक्त विद्यालयको निर्माणाधीन भवनमा प्रदेश सरकारले समेत सहयोग गर्ने सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले बताउनुभयो ।

उहाँले गुलरिया नगरपालिकाले निर्माण सुरु गरेको विद्यालय नमुना बन्नेमा आफू समेत विश्वस्त रहेको बताउनुभयो । नगरपालिकाले सुरु गरेको शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालय भवनमा प्रदेश सरकारले समेत सहयोग गर्ने वचनबद्धता समेत प्रकट गर्नुभयो।

निरीक्षण कार्यक्रममा गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले गुलरिया नगरपालिकाका १२ वटा वडा मध्ये निर्माणधीन भवन सुविधा सम्पन्न बनाइने लक्ष्य रहेको र यसमा प्रदेश सरकारले समेत सहयोग गर्न मन्त्री तिमिल्सिना समक्ष अनुरोध गर्नुभयो।

नगर प्रमुख यादवले उक्त विद्यालयलाई नमुना विद्यालयको रूपमा अघि सारिएको समेत बताउनुभयो। निरीक्षण कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह सहरी विकास शाखाका इन्जिनियर अर्जुन लम्साल योजना शाखाका दीपक गौतम समेतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search