[the_ad id="16865"]

धार्मिक अनुष्ठान जब बन्यो रणमैदान…

धार्मिक अनुष्ठान जब बन्यो रणमैदान…
[the_ad id="16873"]

कास्की । मानव सेवा फाउन्डेसनले आउँदो वैशाख-जेठमा आयोजना गर्न लागेको महायज्ञका लागि पोखराको लेकसाइडस्थित बाराही घाटमा आज भूमिपूजाको कार्यक्रम राखेको थियो, तर महानगर प्रहरीले हस्तक्षेप गरेपछि उक्त धार्मिक अनुष्ठान विथोलिएन मात्रै, कार्यक्रमस्थल नै रणमैदानमा परिणत भयो ।

प्रहरी-प्रशासनसँग अनुमति नलिइकन महायज्ञ गर्न लागिएको भन्दै भूमिपूजा रोक्नलाई महानगरले प्रहरी पठाएको हो । नगर प्रहरीले आएर भूमिपूजा गर्ने टोलीलाई त्यहाँबाट हटाउने प्रयास गरे, तर फाउन्डेसनका अनुयायीहरुले प्रतिवाद गरेपछि दोहोरो झडप भएको थियो । झडपमा दुवैतर्फ घाइते भएका छन् । झडपमा दुवै पक्षबाट हतियार तथा रडहरु प्रयोग भएका थिए ।

कोटीहोम र महानगरको विवाद

पोखरा महानगर र मानव सेवा फाउन्डेसनको विवाद चौताराको रुखको हाँगा काट्न थालिएदेखि सुरु भएको हो । सुरुमा महानगरका केही वडाले रुख काट्न फाउन्डेसनलाई अनुमति दिएका थिए । आलोचनापछि महानगरले ती काटेका काठ जफत गर्‍यो ।

महानगरको एक्सनपछि फाउन्डेसनका संस्थापक विजय कृष्णमूर्ति भनेर चिनिने विजय भण्डारीले जुनसुकै हातलमा पनि पोखराको लेकसाइडमा महायज्ञ गरेरै छाड्ने बताएका थिए । सोही क्रममा उनले ‘धर्मका लागि अधर्म गर्नसमेत तयार रहेको’ विवादित अभिव्यक्ति दिए ।

फाउन्डेसनले उक्त ठाउँमा कोटीहोम गर्न नेपाल ट्रस्टबाट जग्गा भाडामा समेत लिइसकेको छ । उक्त निर्णय रद्द गर्न महानगरले पत्र पठाएकोमा ट्रस्टले भने अस्वीकार गर्‍यो । महानगरले पनि उक्त ठाउँमा महायज्ञ गर्न अनुमति दिएको थियो । अहिले उक्त अनुमति खारेज गरिसकेको महानगरको दाबी छ ।
यो विषयमा दुवै टोली अदालत पुगेका छन् । सुरुमा फाउन्डेसन महानगरविरुद्ध उच्च अदालत पोखरा गएको थियो । उच्च अदालतले फागुन १ गते कोटीहोम सञ्चालनमा कुनै अवरोध नगर्न पोखरा महानगरको नाममा अन्तरिम आदेश जारी ग¥यो । उच्च अदालतका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दको एकल इजलासले कोटीहोम गर्दा कुनै पनि हानि-नोक्सानी नपुग्ने र पुग्न गएमा क्षतिपूर्ति भर्नुपर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search