ज्योति पन्थी बर्दिया । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले बालविवाह र महिला हिंसा रोक्नका लागि महिला आफै सक्रिय हुनुपर्ने बताउनुभएको छ। नगरपालिका वडा नम्बर ४ लाई बालविवाहमुक्त वडा घोषणा गर्न आयोजना गरेको कार्यक्रममा मन्त्री तिमिल्सिनाले उक्त कुरा बताउनुभएको हो।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री तिमिल्सिनाले महिला हिंसा किन भइरहेको छ भनेर महिलाले नै बुझ्नुपर्ने समय आएको समेत बताउनुभयो सानै उमेरमा बालबालिकाको बिवाहा गर्दा बालबालिकालाई पर्ने सामाजिक र मानसिक असरले उनीहरूको विकास हुन नसक्ने र स्वास्थ्यमा प्रतिकुल असर पर्ने समेत उहाँले बताउनुभयो ।मन्त्री तिमिल्सिनाले महिला हिंसा र बालविवाह रोक्न सबैभन्दा महत्वपूर्ण योगदान शिक्षाको रहने भएकाले सबैलाई शिक्षित गर्दै समाजबाट बालविवाह र महिला हिंसाका घटनालाई रोक्नुपर्ने धारणा राख्नुभयो । मधुबन नगरपालिका वडा नम्बर ४ मा आयोजना गरिएको उक्त कार्यक्रममा मन्त्री तिमिल्सिनाले बालविवाह गरे गराए त्यसलाई दण्डित गर्ने कानुन निर्माण भएकाले अब अभिभावक समेत सचेत हुन जरुरी रहेको बताउनुभयो । त्यसैगरी कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष बलिराम थारुले बालविवाह न्यूनीकरण गर्न सबै सजग हुनुपर्ने बताउनुभयो ।
नेपाल सरकारले सम्पूर्ण स्थानीय तहलाई बालविवाह मुक्त घोषणा गर्नका लागि आह्वान गरे अनुसार अहिले बर्दिया जिल्लामा पनि बालविवाह मुक्त वडा घोषणा भइरहेका छन्। यसै बीच गुलरिया नगरपालिकाको १२वटा वडालाई बालविवाह मुक्त वडा घोषणा गरिसकेको छ।









