[the_ad id="16865"]

७० वर्ष पुगेका जेष्ठ नागरिकलाई घरमै सेवा

७० वर्ष पुगेका जेष्ठ नागरिकलाई घरमै सेवा
[the_ad id="16873"]

ज्योति पन्थी । गुलरिया नगरपालिका वडा नं १ ले ७० वर्षका नागरिकका लागि घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिने औपचारिक कार्यक्रम सुरु गरेको छ। आइतबार गुलेरिया नगरपालिका वडा नम्बर १ चौधरीपुर गाउँ पुगी जेष्ठ नागरिक भोला यादवको स्वास्थ्य परीक्षण गरी उक्त सेवा सुरु गरिएको हो। जेष्ठ नागरिकलाई घरमै पुगेर सेवा दिने उद्देश्य अनुरुप स्वास्थ्य सेवा आइतबारदेखि सुरु गरिएको गुलेरिया नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जोगिराम थारुले बताए।

७० वर्षभन्दामाथि उमेरका जेष्ठ नागरिकहरू स्वास्थ्य संस्था सम्म पुगेर सेवा लिन असहज हुने भन्दै वडा नम्बर १ ले यस वर्षदेखि ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई उनीहरूको घरमै पुगेर उपचार सेवा दिने निर्णय बमोजिम जेष्ठ नागरिकको घरमा पुगेर औपचारिक रुपमा सेवा दिन सुरु गरिएको गुलरिया नगरपालिका वडा नम्बर १ का वडा सदस्य प्रेम यादवले बताए । कार्यक्रममा वडाध्यक्ष जोगीराम थारु वडा सदस्य प्रेम यादव सहित भ्यालीराम ओली। पम्फासरी सुनार र गुलरिया नगरपालिका योजना शाखाका अधिकृत मुकुन्द अर्याल सहित स्वास्थ्यकर्मीहरू जनक योगी वेदप्रकाश यादव हरि चौधरी लगायतको उपस्थिति रहेको थियो। सेवा प्रारम्भसँगै गुलरिया वडा नं १ ले जेष्ठ नागरिकलाई दिने सेवा अन्य क्षेत्रमा पनि विस्तार गर्दै लैजाने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search