ज्योति पन्थी
बर्दिया चैत ८ गते । बर्दिया जिल्लामा ३६ हजार हेक्टर जमिनमा सिचाई सुविधा पुरयाउँने उद्धेश्यले आर्थिक बर्ष २०४५।०४६ सालमा शुरु गरिएको बबई सिचाई आयोजनाले यस आर्थिक बर्षमा गुलरिया नगरपालिका क्षेत्र भित्र नहर निर्माणको काममा तिव्रता दिएको छ ।
बारबर्दिया नगरपालिका, बाँसगढी नगरपालका, बढैयाताल गाउँपालीका र गुलरिया नगरपालिकाको ३६ हजार हेक्टरमा सिचाई सुविधा पुरयाउँने उद्धेश्यले शुरु गरिएको नहर निर्माणको काम अव अन्तिम चरण तिर पुगेको छ । यसै बिच बबई सिचाई आयोजनाले शुरु गरेको नहर निर्माणको काम अवको तिन बर्षमा सम्पन्न हुने जनाएको छ । पश्चिम मुल नहरका लागि सवै भन्दा अन्तिम गुलरिया नगरपालिका रहेको र गुलरिया नगरपालिकामा पनि ४ किलोमिटर मुल नहर र १० दशमलव ७५ किलोमिटर शाखा नहरको काम भई रहेको छ भने बाँकी ९ दशमलव चार किलोमिटर मुल नहरको कामका लागि ठेक्का प्रकृया शुरु भएको बबई सिचाई आयोजनाले जनाएको छ । गुलरिया नगरपालिकामा मुल नहर र शाखा नहर निर्माण भए पछि गुलरिया नगरपालिकाको छ हजार एक सय ५० हेक्टर जमिनमा सिचाई सुविधा पुरयाउँने गरी काम शुरु गरिएको बबई सिचाई आयोजना बर्दियाका आयोजना प्रमुख शुशिलचन्द्र देवकोटाले बताउँनु भयो । उहाँले गुलरिया नगरपालिका क्षेत्र भित्रको शाखा र मुल नहर निर्माणको काम सम्पन्न भए आगामी तिन बर्ष भित्र आयोजनाको लक्ष्य पुरा हुने समेत बताउँनु भयो ।

बर्षौ देखि आकाशे पानीको भर पर्दे आई रहेका गुलरियाका कृषकहरु बबई सिचाई आयोजनाको नहर निर्माण शुरु भए पछि खुसि देखिएका छन । नहरको पानीले खेतबारी सिचाई गर्न पाउँने हो भने कृषकको उत्पादन समेत बढने भएकाले निर्माण ब्यवसायीले समयमा काम गरिदिनु हुन गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताउँनु भयो । बर्दिया जिल्लाको सदरमुकाम समेत रहेको गुलरियामा यतिबेला बबई सिचाई आयोजनाले नहर निर्माणको कामलाई तिव्रता दिएको र त्यसले आकासे पानिको भर पर्ने गरेका कृषहरुकालाई नहर निर्माण भए पछि केही मात्रामा भए पनि राहत मिल्ने गुलरिया नगरपालिका वडा नं.७ का स्थानिय कृषक प्रवेश यादवले बताए । तिन बर्ष भित्र ठेक्का सम्पन्न गर्ने गरी जिम्मेवारी लिएको स्वच्छन्द निर्माण सेवाले कामको सम्पुर्ण जिम्मेवारी बन्दन भगवति र बर्दिया ब्लाकबकले लिएको र सम्झौता समय अगावै नै काम सम्पन्न गरिने लक्ष्य अनुसार मुल नहर र शाखा नहरहरुको काम भई रहेको निर्माण ब्यवसायी बिमल के.सीले बताउँनु भयो ।

बबई सिचाई आयोजनाले अहिले सम्म निर्माण सम्पन्न गरेकोको मुल नहर र शाखा नहरबाट २६ हजार हेक्टर जमिनमा सिचाई सुविधा पुगेको छ भने गुलरिया नगरपालिकाको नहर निर्माण कार्य सम्पन्न भए आयोजनाले राखेको लक्ष्य अनुरुप ३६ हजार हेक्टर जमिनमा सिचाई सुविधा पुग्ने जनाएको छ ।








