बर्दिया चैत ११ गते । बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं.१२ मा रहेको भैसाही गाउँका २५ किशोरीहरु यतिबेला समाज परिवर्तन गर्न जुटेका छन । वडालाई बालबिवाह मुक्त गराउँने देखि उनिहरु लागु औषध प्रयोग नियन्त्रण, महिला हिंसा रोकथाम देखि बिभिन्न काममा सक्रिय बन्दै आएका छन । गाउँमा किसोरी क्लव गठन भए पछि अहिले गाउँको मुहारनै परिवर्तन भएको छ भने गाउँलाई बाल बिवाह मुक्त गाउँ बनाउँन सफल भएका छन ।
भैसाही गाउँमा २५ जना किसोरीहरु मिलेर एउँटा किसोरी क्लव गठन गरेका छन बिदाको दिन होस या फुर्सदको समय उनिहरु एक ठाउँमा जम्मा हुन्छन र गाउँका घर घरमा पुगेर बाल बिवाह नगर्न र नगराउँन अनुरोध गर्ने गर्दछन । त्यस गाउँका किशोरीहरुले किशोरी समुह गठन गरे पछि अहिले त्यस गाउँमा लागु औषध नियन्त्रण र महिला हिंसा समेत नियन्त्रण भएको छ । गाउँमा कसैको बिवाह हुन थाल्यो भने सवै किसोरी मिलेर बिवाह उमेर पुगेको नपुगेको समेत उनिहरुले सोध्ने गर्दछन ।
भैसाही गाउँमा गठन भएको किशोरी समुहमा १५ बर्ष देखि १८ बर्ष सम्मका किशोरीहरु धेरै देख्न पाईन्छ बिद्यालयको कक्षा कोठा देखि गाउँघर सम्म उनिहरुले सचेतना फैलाउँदै आएका छन । किशोरी समुह गठन भए पछि लागु औषध प्रयोग नगर्न अनुरोध गर्दे घरघरमा पुग्ने गरेको भैसाहीमा रहेको किशोरी क्लवकी अध्यक्ष सन्धया थारुले बताउनु भयो । उहाँले हामिले क्लवमा बसेर समाज परिवर्तन गर्न खोजि रहेका छौ त्यसमा आफुहरुलाई अभिभावक र शिक्षकरुले समेत साथ दिएको उहाँको भनाई छ । नेपाल भारत सिमा क्षेत्रबाट लागु औषध प्रयोगकर्ताहरुले लागुऔषध भित्राउँने गरेका कारण सचेतनाका लागि उनिहरुले नेपाल भारत सिमा क्षेत्रमा पनि बिभिन्न किसिमका चेतनामुलक कामहरु गर्दे आई रहेको क्लवकि सदस्य फिजा खानले बताउँनु भयो ।

गुलरिया नगरपालिका वडा नं.१२ मा पर्ने भैसाही गाउँको किशोरी क्लवलाई बाके युनेश्को क्लवले सहयोग गर्दे आई रहेको छ । नेपाल सरकराले सन २०३० भित्रमा नेपाललाई बाल बिवाह मुक्त गर्ने लक्ष्य बमोजिम बाल बिवाह न्युनिकरणका लागि काम गर्दे आई रहेको क्लवले जिल्लामा रहेका किशोरी क्लवलाई परामर्श दिने मासिक रुपमा उनिहरुलाई तालिम दिने र अध्यनका लागि अध्यन सामाग्रीको समेत ब्यवस्था मिलाएको बाके युनेश्को कल्वका शशक्त बालिका परियोजनाका परियोजना संयोजक गोविन्द प्रसाद लामिछानेले बताउँनु भयो ।

कक्षा ८ देखि १२ कक्षा अध्यन गर्ने किशोरीहरु किसोरी क्लवमा सम्मिलित भएको र किशोरी क्लव गठन भए पछि त्यस गाउँदेखि बिद्यालय सम्म धेरै परिवर्तन आएको गुलरिया नगरपालिका युवा शिक्षा तथा खेलकुद शाखाका शाखा प्रमुख सतिस यादवले बताउँनु भयो ।
बिद्यालयमा अध्यनरत रहेका बालबालिकाले बिद्यालय जान छोडेमा पनि किशोरी क्लवका सदस्यहरु घरमा पुगेर अभिभावकलाई सम्झाई बुझाई गरी बिद्यालय पठाउँने गरेका छन ।









