[the_ad id="16865"]

स्ववियु निर्वाचनका लागि नेविसंघ र अखिलको उमेद्धारी

स्ववियु निर्वाचनका लागि नेविसंघ र अखिलको उमेद्धारी
[the_ad id="16873"]

ज्योति पन्थी
बर्दिया चैत १२ गते । आगामि चैत १८ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनका लागि मध्यपश्मिनञ्चल बिश्वबिद्यालय अन्र्तगत रहेको बर्दियाको बबई बहुमुखीक्याम्पसमा चुनावी सरगर्मि बढेको छ ।
बबई बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनका लागि नेपाल बिद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन चुनावी प्रतिस्पर्धाका लागि मैदामा उत्रिएका छन ।
नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघको तर्फबाट उमेद्धारी दिएका सुन्दरम गुप्तालाई माओवादी निकट अखिल क्रान्तिकारी, नागरिक उन्मुक्ति पार्टी निकट नागरिक बिद्यार्थी समाज र समाजबादी पार्टी निकट समाजवादी बिद्यार्थी युनियनले समर्थन गरेका छन भने एमाले निकट अखिल नेपाल राष्ट्रि स्वतन्त्र बिद्यार्थी युनियनका लक्ष्मण भण्डारीलाई नेकपा माओवादी बिप्लव निकट अखिल समाजवादीले समर्थन गरेको छ । अखिल नेपाल स्वतन्त्र बिद्याथी युनियनका तर्फबाट उमेद्धार भएका भण्डारी हाल स्वतन्त्र बिद्यार्थी युनियको सभापति समेत रहेका छन ।
बबई बहुमुखी क्याम्पसमा १८ गते हुने निर्वाचनमा बिद्यार्थीहरु भन्दा पार्टीका नेताहरुलाई पेचिलो बन्दै गएको छ । नेपाल बिद्यार्थी संघका उमेद्धारका लागि नेपाली काग्रेस नागरिक उन्मुक्ति पार्टी, नेकपा माओवादी र जनता समाजवादी पार्टीका नेताहरु बिद्यार्थीको घर घरमा पुगेर मत मागि रहेका छन भने अनेरास्ववियुका  एमाले र बिप्लव माओवादी निकट नेताहरुले घर घरमा पुगेर मत माग्न शुरु गरेका छन यसले गर्दा चार पार्टी भर्सेस दुई पार्टी बिच प्रतिस्पर्धा देखिएको छ । बर्दियाका चार पार्टी मिल्दा समेत अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनको पल्ला भारी देखिएको छ । क्याम्पसमा अध्यनरत रहेका मतदाता बिद्यार्थीहरुले समेत अखिलका भण्डारी बिगत बर्ष देखिनै बिद्यार्थीहरुको माझमा बढी परिचित र घुलमिल रहेका कारणजित्न सक्ने सम्भावना रहेको बताए ।
बिद्यार्थीहरुको मनोभावना बझुेर काम गरेका कारण यस निर्वाचनमा पनि आफु निर्वाचित हुने निश्चिन्त रहेको अनेरास्ववियुका उमेद्धार लक्ष्मण भण्डारीले बताउँनु भयो भने बिगतका बर्षहरुमा स्वतन्त्र बिद्यार्थी युनियनले बिद्यार्थीको हक हितमा केही गर्न नसकेका कारण आफुले नेपाल बिद्यार्थी संघको तर्फबाट १८ गते हुने निर्वाचनमा उमेद्धारी दिएको नेपाल बिद्यार्थी संघका उमेद्धार सुन्दरम गुप्ताले बताउँनु भयो । उहाँले भन्नु भयो बिद्यार्थीको हक हितको बिषय छ बिद्यार्थी आफै बिवेकशिल हुनुहुन्छ मेरो उमेद्धारी सम्पुर्ण बिद्यार्थीको हक हितका लागि हो ।
सोमबार मनोनयन दर्ता गराए सँगै १८ गतेको निर्वाचनका लागि आफनो आफनो एजेन्डा लिएर बिद्यार्थी संगठनहरु मतदाताको घर घरमा जान शुरु गरेका छन । साँत सय ६१ जना मतदाता रहेको बबई बहुमखी क्याम्पस बर्दिया जिल्लाकै सवैभन्दा पुरानो क्याम्पसको रुपमा चिनिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search