[the_ad id="16865"]

अझै पनि आसमा द्धन्दपिडित परिवारका आफन्त

अझै पनि आसमा द्धन्दपिडित परिवारका आफन्त
[the_ad id="16873"]

ज्योति पन्थी

बर्दिया चैत १२ गते । बर्दियाको बारबर्दिया नगरपालिका वडा नं.११ बेलभारकी देवमैया थारु यति बेला उमेरले २५ बर्ष पुगिन । सानै उमेरमा बुवाको अनुहार समेत राम्ररी नचिनेकी देवमैया थारुका बुवा सुरेश बहादुर चौधरीलाई तत्कालीन शाही नेपाली सेनाले हत्या गरेको आमा सुखमानी थारुले बताएको उनि बताउँछीन । दैवमैया भन्छिन मैले बुवाको अनुहार समेत चिन्न पाएन बुवा २०५८ साल चैत तिन गते साँझ करिव पाँच बजे घास काटन खेतमा जानु भएको थियो त्यसै समयमा आएका तत्कालीन शाही नेपाली सेनाले बुवालाई माओवादी भएको भन्दै गोली हानेर मारे अनि लिएर गए मेरा बुवा मात्र हैन बुवा सँग सँगै त्यही तिनलाई सेनाले त्यसै दिन त्यसै समयमा हत्या गरेको आमाले बताएको उनि भन्छिन । हामिले हाम्रो परिवारलाई गुमाउँदाको पिडा हामिलाई मात्र थाह छन देशमा धेरै परिवर्तन भए पनि द्धन्द्ध पिडितले भने न्याय नपाएको उनको गुनासो छ ।
त्यसतै गेरुवा गाउँपालिका की अस्मिता थारु अहिले पनि बुवा फर्केर आउँने आमा छन । अस्मिताका बुवा सुखलिया थारुलाई सेनाको टोलीले २०५९ सालमा कामले बर्दियाको तत्कालिन डेउढाकला गाविस माछागढ गएको बेलामा माओवादी आरोप लगाउँदै बेपत्ता बनाएको र अहिले सम्म बुवाको कुनै जानकारी समेत नपाएको उनको भनाई छ । द्धन्द सिद्धिएर देशमा धेरै परिवर्तनहरु भए माओवादी पनि पटक पटक सरकारमा आएको तर हामिले आफनो बुवा जिउँदो हुनुहुन्छ की मरि सक्नु भयो अहिले सम्म थाहा छैन हामिलाई कि लास देउ की साँस देउँ भन्दा पनि हाम्रो सुनुवाई भएन ।
तत्कालिन शाही नेपाली सेना मात्र हैन बिद्रोही पक्ष नेकपा माओवादीले पनि बेपत्ता पारेकाहरुको स्थिति अहिले सम्म अज्ञात छ । बर्दिया जिल्लाको माओवादीमा लागेका बर्दियाको तत्कालिन कालिका गाविसका दिल बहादुर खडकालाई माओवादीले एक छिन काम छ भनि २०६० फागुन ३० गते साँझ घर बाट लिएर गएको र अहिले सम्म उनि घर नफर्किएको परिवारको भनाई छ । त्यसतै गरी तत्कालिन डेउढाकला गाविस वडा नं. ९ ककौराका उत्तम थारुलाई द्धन्दरत पक्ष नेकपा माओवादीले २०६० चैत ४ गते आफनै घरबाट लिएर गए उनि अहिले पनि घर नफर्किएकाले परम्परा अनुसार बुवाको दाहसस्कार गरएको छोरी भावना थारु बताउँछीन । भावना भन्छि मेरो आमा गर्भवति हुहुन्थ्यो बुवालाई अपहरण गर्ने बर्ष म जन्मिए म कति अभागी छोरी हुम्ला जसले आफनो बुवाको अनुहार समेत देख्न पाईन तर बुवाको दाहस्कार गर्नु पयो ।


शसस्त्र द्धन्का समयमा परिवार गुमाएका देवमैया, भावना र अस्मिता प्रतिनिधि पात्र मात्र हुन बर्दियामा मात्र शसस्त्र द्धन्दको समयमा २ सय ५० जना बेपत्ता पारिएको त्यस मध्यमा ततकालिन शाही नेपाली सेनाले दुई सय ३४ जना र द्धन्द्धरत पक्ष नेकपा माओवादीबाट १६ जनालई बेपत बनाईएको र तिन सय २३ जनाको हत्या गरिएको र एक सय तिन जना घाईते भएको द्धत्द पिडित समितिका मान बहादुर चौधरीले बताउँनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search