[the_ad id="16865"]

हात्ती पुजा गरेर बर्दिया निकुञ्जमा बन्यजन्तु सप्ताह शुरु

हात्ती पुजा गरेर बर्दिया निकुञ्जमा बन्यजन्तु सप्ताह शुरु
[the_ad id="16873"]

ज्योति पन्थी
बर्दिया चैत ३ । लुम्बिनी प्रदेशको पर्यटकिय गन्तब्य स्थल को रुपमा परिचित बर्दिया राष्ट्रिय निकुञ्ज अन्र्तगतको हात्तीसारमा मंगलबार हात्तीपुजा गरेर बन्यजन्तु सप्ताह मनाउँन शुरु गरिएको छ ।
मानव र हात्ती बिच सहअस्तित्व कायम गर्न बर्दियामा प्रत्येक बर्ष हात्तीपुजा गर्ने गरिन्छ । २०७१ साल देखिनै बैशाख पहिलो सातालाई बन्यजन्तु सप्ताह अन्र्तगत मनाउँने गरिएको छ । बैशाख १ गते पुरानो झण्डा हटाएर नयाँ झण्डा राखि एक आपसमा शुभकामना आदान प्रदान गरेर बन्यजन्तु सप्ताह शुरु गरिए पनि बैशाख दुई गते मंगलबार बिहान निकुञ्ज अन्र्तगतको हात्तीसारमा हात्तीपुजा गरेर बन्यजन्तु सप्ताह मनाउँने प्रचलन रहदै आएको छ । निकुञ्जको आसपासमा थारु समुदायको बाहुल्यता रहेको र निकुञ्जको जनवार देखि उनिहरु बढी प्रभावित हुने भएकाले मानव र हात्ती बिच सह अस्तित्व कायम गर्न थारु धार्मीक गुरु (पण्डित)हरुबाट हात्तीको पुजा गरेर बन्यन्तु सप्ताह मनाउँने परम्परा रहदै आएको छ ।


मंगलबार बिहान बर्दिया राष्ट्रिय निकुञ्ज अन्र्तगतको हात्तिसारमा हात्तीलाई उखु केरा लगायतका फलफुलहरु खुवाएर हात्तिपुजा गरिएको छ । हात्तीपुजा गरेर बन्यजन्तु सप्ताह मनाउँन शुरु गरिएको बर्दिया राष्ट्रिय निकुञ्ज चोरी सिकारी नियन्त्रण युवा परिचालन समितिका अध्यक्ष हेमन्त आचार्यले बताउँनु भयो । उहाँले भन्नु भयो हात्तीपुजाको आपनै महत्व हुन्छ निकुञ्जमा गरिने हात्तिपुजाले मानव र बन्यजन्तुलाई नजिक समेत गराउँछ भने स्थानियलाई पनि निकुञ्जको हात्तीपुजाले निकुञ्ज सँग नजिक बनाउँने काम गर्दछ ।
मानव वबन्यजन्तु द्धन्द न्युनिकरण गर्न र मानव हात्ति सहअस्तित्व कायम गर्नका लागि केही बर्ष अघि हात्तीद्धारा सुँगुरलाई कुल्चिन लगाई हात्ती पुजा गर्ने गरिन्थ्यो तर केही बर्ष यता देखि भने फरक तरिकाले बन्यजन्तु सप्ताह मनाउँन शुरु गरिएको छ । केही बर्ष यता हात्तीको पुजा गरेर बन्यजन्तु सप्ताह मनाउँन शुरु गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले बताउँनु भयो ।
मानव बन्यजन्तुको सह अस्तित्वका लागि बन्यजन्तु सप्ताह मनाउँने परिपाटि अनुसार बन्यजन्तु सप्ताह मनाउँन थालिएको बर्दिया राष्टिय निकुञ्जले जनाएको छ भने हात्तीसारमा गरिने हात्ती पुजा रोमाञ्चक र शिक्षाप्रद समेत हुने गर्दछ । लुम्बिनि प्रदेश अन्र्तगत पश्चिम नेपालको सवैभन्दा ठुलो पर्यटकिय स्थलका रुपमा परिचित बर्दिया राष्टिय निकुञ्जमा देश बिदेशका पर्यटकहरु अवलोकन गर्न आउँने गर्दछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search