[the_ad id="16865"]

बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्ने पर्यटक बढदै

बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्ने पर्यटक बढदै
[the_ad id="16873"]

ज्योति पन्थी
बबई(बर्दिया) बैशाख १८ गते । कोरोना संक्रमणका कारण धरासायी बन्दै गएको बर्दिया जिल्लाको पर्यटकिय क्षेत्र पछिल्लो समय भने पर्यटकको आगमन हुन थालेको छ ।
कोरोना संक्रमणका कारण करिव ४ बर्ष धरासायी बनेको बर्दिया राष्ट्रिय निकुञ्जमा कोरोना संक्रमणको समाधान सँगै पर्यटक आउँने क्रम पनि बढदै गएको छ । निकुञ्जको अवलोकनमा पर्यटकको संख्या बढदै जादा निकुञ्जले गर्ने आमदानी समेत बढन पुगेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको तथ्यांकलाई हेर्ने हो भने ०७८।७९ मा नेपाली १३ हजार सार्क मुलुकका नौ सय एक र बिदेशी मुलुकका दुई हजार तिन सय २२ गरी कुल १६ हजार दुई सय ९७ पर्यटकले निकुञ्जको अवलोकन गरेका छन भने आर्थिक बर्ष ०७९।८० मा नेपाली १६ हजार साँतसय ७८जना, सार्क मुलकुका एक हजार दुई सय २८ र बिदेशि मुलुकका छ हजार तिन सय २४ जना गरी कुल २४ हजार तिन सय ३० जना पर्यटकले निकुञ्जको अवलोकन गरेका छन । त्यसैगरी ०८०।८१ मा नेपाली १५ हजार तिन सय २४, सार्क मुलुकका एक हजार चार सय ३६ जना र बिदेशि छ हजार तिन सय ८४ जना गरी कुल २५ हजार आँठसय ३१ जना पर्यटकले निकुञ्जको अवलोकन गर्दा चालु आर्थिक बर्षमा भने नेपाली १५ हजार तिन सय २४, सार्क मुलुकका एक हजार ५९जना र बिदेशी मुलुकका पाँच हजार नौ सय २४ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका छन ।
कोरोना संक्रमणमा धारासायि बनेको पर्यटकिय क्षेत्रमा पछिल्लो समय पर्यटकको आगमन देखेर निकुञ्जकर्मी समेत उत्साहित भएका छन । केही बर्ष अघि सुनासान भएको पर्यटकिय क्षेत्र दुई तिन बर्ष यता देखि चहलपहल बढदै गएको बर्दिया राष्टिय निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणी पौडेलले बताउँनु भयो ।
बर्दिया राष्टिय निकुञ्जमा पर्यटकको चहलपहल बढन थालेपछी निकुञ्ज क्षेत्रमा होटल ब्यवसाय गर्नेहरु समेत उत्साहित भएका छन । भर्खर भर्खर होटल सञ्चालन गर्नेहरु कोरोना संक्रमणका समयमा बन्द गरेर हिडनु पर्ने अवस्था थियो तर जसोतसो त्यो समय कटाईयो अहिले पर्यटकहरु पनि राम्रै आउने गरेका छन होटल प्याराडाईजनका संचालक शंकर भटराईले बताउँनु भयो । संक्रमणका समयमा निकुञ्जको आसपास पर्यटकसमेत देख्न समस्या हुन्थ्यो आजभोली पर्यटक भरिएको देख्दा यस्तो दिन पनि आउँदो रहेछ भन्ने महशुष भएको ठाकुरबाबा नगरपालिका ९ का स्थानिय हरिवंश पाण्डेले बताउँनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search