ज्योति पन्थी
बर्दिया बैशाख १८ गते । बर्दियाको सवैभन्दा बिकट भनेर चिनिएको गेरुवा गाउँपालिकाको भविश्य परिवर्तन गर्ने सडक पाँच बर्ष सम्म पनि पुरा हुन सकेको छैन ।
सदरमुकाम सँग जोडने उद्धेश्यले हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जले निर्माण शुरु गरेको सडक शुरु भएको पाँच बर्ष सम्म पनि पुरा हुन नसक्दा स्थानीयलाई सदरमुका आवत जावत गर्न समेत समस्या भएको छ ।
गेरुवा गाउँपालिकाको खैरी चन्दनपुर देखी गोला सम्म पुग्ने २६ किलोमिटर सडक निर्माणका लागि ठेक्का प्रकृया मार्फत २०७७ चैत चार गते कान्छाराम राजेन्द्र जेभी सँग ५३ करोड १२ लाख रुपैयामा ठेक्का सम्झौता भएको भए पनि सम्झौता भएको पाँच बर्ष सम्म उक्त सडकको भौतिक प्रगति जम्मा २२ प्रतिशत भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय बाँकेले जनाएको छ ।

सडक निर्माण शुरु भएको पाँच बर्ष पुरा भएको छ सडक गेरुवा गाउँपालिकाका पुर्वि तर्फ पर्ने मनाउँ, गोला,भटेरा,सहित गेरुवा गाउँपालिकाको कार्यालयलाई जोडदछ । ठेक्का सम्झौतामा ३० महिना भित्र सडक सम्पन्न गर्नु पर्ने सर्त उल्लेख भए पनि सडकको काम समयमा हुन सकेको छैन । पटक पटक सडकको काम गरिदिन कार्यालय र निर्माण ब्यवसायी दुवैलाई अनुरोध गरेको भए पनि अहिले सम्म कामको प्रगति हुन नसकेको गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह के.सीले बताउँनु भयो ।

२६ किलोटिर सडक निर्माणका लागि धेरै स्थानहरुमा कल्भर्ट निर्माण गरिएको छ भने कतिपय स्थानमा ठुला ठुला ढुँगा भएका ग्रावेल राखिएको छ त्यसले गर्दा पनि सर्वसाधारणलाई आवत जावत गर्न कठिनाई भएको स्थानीय निरज चौधरीले बताउँनु भयो । सडक निर्माण शुरु गरेको कान्छाराम राजेन्द्र जे.भीले काममा टालटुल गर्न लागर १८ महिना देखि काममा फर्किएको छैन । सडक निर्माणका लागि पटक पटक म्याद समेत थपिएको छ तर सडक निर्माणले गति लिन सकेको देखिदैन । अन्तिम पटक २०८२ फागुन २४ गते सम्म समय थप गरिएको भए पनि सडकको प्रगतिले निर्माण पुरा हुने नदेखिएको हुलाकी राजमार्ग निर्देशनालाय योजना कार्यालय नेपालगञ्जका प्रमुख लिलाबहादुर भण्डारीले बताउँनु भयो । भण्डारीका अनुसार राजेन्द्र निर्माण सेवाका प्रमुख भिम बहादुर साउँदलाई ३१ पटकसम्म पत्र काटेको बताउँदै पछिल्लो पटक पनि साँत दिनको पत्र काटिएको बताउँनु भयो ।

सरकारले दुरदराजका गाउँहरुमा सडक पुरयाउँने उद्धेश्यले सडक निर्माण गर्न खोजे पनि निर्माण ब्यवसायीको लार्पवाहीले ग्रमिण भेगका धेरै सडकहरु अलपत्र छन । पुरानो सडक धेरै स्थानमा खनिएको छ तर नयाँ सडक नबनाई दिदा आवत जावत गर्न समेत दुख्ख भएको स्थानीयले बताएका छन ।
ज्योति पन्थी








