[the_ad id="16865"]

बालबिवाह न्युनिकरणमा शिक्षाको ज्ञान आवश्यक–मन्त्री तिमिल्सिना

बालबिवाह न्युनिकरणमा शिक्षाको ज्ञान आवश्यक–मन्त्री तिमिल्सिना
[the_ad id="16873"]

ज्योति पन्थी
बर्दिया बैशाख २० गते । लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सिनाले बाल बिवाह न्युनिकरण गर्न समाजमा शिक्षाको महत्वपुर्ण योगदान हुने बताउँनु भएको छ ।
मधुवन नगरपालिका वडा नं.आँठले आयोजना गरेको बालबिवाह मुक्त वडा घोषणा कार्यक्रममा मन्त्री तिमिल्सेनाले बाल बिवाह न्युनिकरणका लागि मानिसहरुमा शिक्षाको ज्ञान हुनुपर्ने बताउँनु भएको हो ।

कार्यक्रममा बोल्दै उहाँले समाजमा चेतनशिल प्रणाली मानवजाति भएकाले नारीको पिडा र बाल बिवाह न्युनिकरणमा सवैभन्दा पहिला मानवजातिलाई नै शिक्षित गर्न आवश्यक रहेको बताउँनु भयो । उहाँले भन्नु भयो बालविवाह र नारीको पिडा कतिलाई बुझाउँन सकेका छौ त्यसको समिक्षा समेत गर्नु पर्ने समय आएको बताउँनु भयो । चुनावका समयमा भोट माग्न जाने बेला सवै समस्या बुझने गरेका राजनितिकदलहरु समस्या आई पर्दा भने भाग्ने गरेको बताउँदै जंगलको किनारामा बस्ने मानिसलाई उसको पिडा बुझनु पर्ने आवश्यक्ता रहेको बताउँनु भयो ।


नेपाल सरकारको लक्ष्य अनुरुप सन २०३० सम्ममा नेपाललाई बालबिवाह मुक्त घोषणा गर्ने लक्ष्य अनुरुप मधुवन नगरपालिका वडा नं.आँठलाई बालविवाह मुक्त वडा घोषणा गरिएको बालविवाह न्युनिकरणका लागि काम गर्दे आई रहेको बाके युनेश्को क्लवका कार्यक्रम अधिकृत ईश्वर बिकले बताउँनु भयो । मधुवन नगरपालिकामा यस अघि पनि वडा नं.४ लाई बाल बिवाह मुक्त वडा घोषणा गरि सकिएको छ । गुलरिया नगरपालिकाले यस अघिनै गुलरियाका १२ वटा वडालाई बालबिवाह मुक्त वडा घोषणा गरि सकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search