[the_ad id="16865"]

६ हजार पशु चौपायामा कृतिम गर्भधारण

६ हजार पशु चौपायामा कृतिम गर्भधारण
[the_ad id="16873"]

ज्योति पन्थी
बर्दिया बैशाख ३० गते । बर्दिया जिल्लामा यस बर्ष पशुको नश्ल सुधार कार्यक्रम अन्र्तगत करिव ६ हजार पशु चौपायामा कृतिम गर्भधारण गराईएको छ ।
मंगलबार बर्दियाको गुलरियामा एकिकृत कृषि तथा पशुपंक्षि कार्यालयले कृतिम गर्भधान कर्ताहरुका लागी आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा यस बर्ष ६ हजार पशु चौपायाको कृतिम गर्भधारण गरिएको जानकारी गराईएको हो । कार्यक्रममा गाई भैसिलाई कृतिम गर्भधारण गराउँदा उनिहरुको दुध दिने क्षमता समेत बढेको जानकारी गराईएको थियो । शुरु शुरुमा कृतिम गर्भधारणको बिषयमा जानकारी नभएको भए पनि पछिल्ला बर्षहरुमा भने हिमाल पहाड तराई क्षेत्रमा कृतिम गर्भधारण गराउँनेको संख्या बढदै गएको एकिकृत कृषि तथा पशुपंक्षि बिकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालले जानकारी दिनु भयो ।
बर्दियाको ८ स्थानिय तहमा कृतिम गर्भाधारण गरिदै आएको छ भने कृतिम गर्भधारण पछि पशुको दुधदिने क्षमता समेत बढने भएकाले यो बिकल्प राम्रो हुदै गएको पशु बिशेषज्ञ अनिल कुमार शर्माले बताउँनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search