[the_ad id="16865"]

गर्मि बढे सँगै सामुदायिक बिद्यालयमा बिहानी कक्षा सञ्चालन शुरु

गर्मि बढे सँगै सामुदायिक बिद्यालयमा बिहानी कक्षा सञ्चालन शुरु
[the_ad id="16873"]

ज्योति पन्थी
बर्दिया जेठ ४ गते । तराईमा बढदो गर्मिका कारण बालबालिकालाई बिभिन्न किसिमका समस्या देखिएको भन्दै गुलरिया नगरपालिकाले सवै सामुदायिक बिद्यालयमा आईतबार देखि बिहानी कक्षा शुरु गरेको छ ।
दिउँसोमा अत्याधिक तापक्रम बढन थाले पछि बिद्यार्थीहरुलाई समस्या देखिएको भन्दै गुलरिया नगरपालिका क्षेत्र भित्रका ४७ वटा सामुदायिक बिद्यालयमा बिहानी कक्षा शुरु गरिएको हो । तराईमा यतिबेला गर्मि बढदो क्रममा छ त्यसले गर्दा बिद्यार्थीहरुलाई बिन्नि किसिमका चक्कर लाग्ने, बेहोस हुने र बिजुली जाँदा कक्षा कोठामा बस्न समेत समस्या हुने भएकाले बिहानी कक्षा सञ्चालन गरिएको गुलरिया नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख सतिस यादवले बताउँनु भयो ।
गुलरिया नगरपालिका क्षेत्र भित्र पर्ने केही बिद्यालय बस्ति देखि दुरीमा भएकाले केही महिनाका लागि मात्र बिहानी कक्षा शुरु गरिएको र नगरपालिकाकाले अनुमति दिए पछि आईतबार देखि नै बिहानी कक्षा शुरु गरिएको गुलरिया नगरपालिका वडा न.१० मा रहेको मथुराहरिद्धार आधारभुत बिद्यालय मद्राजपुरका प्रधानाध्यापक सुदन घिमिरेले बताउँनु भयो । यतिबेला बर्दिया जिल्लामा ४० देखि ४२ डिग्री सेल्सियस सम्म तापक्रम पुग्ने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search