[the_ad id="16865"]

चितुवाको आक्रमणमा ६ वर्षे बालिकाको मृत्यु

चितुवाको आक्रमणमा ६ वर्षे बालिकाको मृत्यु
[the_ad id="16873"]

यादव आचार्य

गुलरिया जेठ १४ गते : बर्दियाको गुलरिया नगरपालिका–५ स्थित बालापुरमा चितुवाको आक्रमणमा परी ६ वर्षिया बालिका सायरा थारुको मृत्यु भएको छ। बुधबार बिहान घरकै शौचालय गएकी बालिकालाई चितुवाले आक्रमण गरेको हो।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक चक्रबहादुर डमरपालले बालिकाको शव बर्दिया अस्पताल गुलरियामा राखिएको जानकारी दिए। पछिल्लो समय बर्दियाको गुलरियामा चितुवा आक्रमण बढ्दै गएको छ। 

यसैबीच चितुवाले ४ जनाभन्दा बढी बालबालिकाको ज्यान लिइसकेको भन्दै चितुवा नियन्त्रण गर्नुपर्ने माग गर्दै बालापुरवासीले जिल्ला प्रशासन कार्यालय बर्दिया अगाडि धर्नासहित चक्काजाम गरेका थिए।

जिल्लास्थित सुरक्षा समितिमा चितुवा समात्ने सहमति भएपछि चक्काजाम खुलेको गुलरिया नगरपालिका–५ का वडा सदस्य सोवेन्द्र बहादुर चौधरीले बताए। सहमति भएपछि धर्ना तथा चक्काजाम खोलिएको भन्दै स्थानीयहरूले आफूहरूको माग पूरा नभए फेरि आन्दोलन गर्ने चौधरीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search