ज्योति पन्थी
बबई (बर्दिया) २२ गते जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले गुलरिया नगरपालिका वडा नं.३ मा लुकाई राखेको अवैध काठ बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले गुलरिया नगरपालिका वडा न ३ मनकामना टोल स्थित राजेन्द्र गोडियाको गोठ नजिकै लुकाएर राखिएको सालको काठ बरामद गरिएको हो । चिरान गरेर गोठ नजिकै लुकाएर राखिएको ८१ दशमलव १५ क्यु फिट सालको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक चक्र बहादुरडम्मर पालले बताउनु भयो । उहाँले प्रहरीले वरामद गरेका काठमा कुनै पनि किसिमको टाँचा अथवा सङ्केत नभएका कारण पक्राउ गरेको समेत बताउनु भयो । प्रहरीले बरामद गरेको सालको काठ डिभिजन बन कार्यालय बर्दियालाई बुझाएको छ ।








