बर्दिया असार ५ गते । बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. १० थपुवा गाउँका कृष्ण प्रसाद थारु आफ्नो हातमा नेपाली जग्गा धनी दर्ता प्रमाण पुर्जा भए पनि आफ्नो जमिन जोत भोग गर्नबाट वञ्चित हुदै आउनु भएको छ ।
थपुवा गाउँमा बसोबास गर्ने कृष्ण प्रसाद थारु मात्र हैन कृष्ण प्रसाद थारुको २ बिगाहा, महराजिया थारुको १७ कठ्ठा, झिरिया थारुको १० कट्टा, खटिके थारुको १० कठ्ठा र विश्राम थारुको २ बिगाहा ५ कट्टा जमिनमा अहिले भारतीय नागरिकले खेती गर्दे आई रहेका छन् । उहाँहरू सबै सँग जग्गा धनी दर्ता प्रमाण पुर्जा छ कर पनि तिर्नु हुन्छ तर जग्गा धनी दर्ता प्रमाण पुर्जामा भएको जमिन भारतमा पर्छ ।
२०२१ सालमा आएको सर्वे नापीले प्रमाणित गरेको जमिन उहाँहहरु ले नै जोत भोग समेत गर्दे आउनु भएको थियो । २०५३ सालमा नेपाल भारतका उच्च अधिकारीले दुई देशको सीमा नापी गरे र थपुवा क्षेत्रमा पर्ने ५७ न. पिलर निर्माण गर्दा नेपाल तर्फ सारिए पछि उहाँहरूको जमिन भारत तर्फ परेको उहाँहरूको भनाई छ ।
हामीले खेतमा धान लगाएका थियौ हाम्रो पाकेको धान समेत भारतीय नागरिकले प्रहरी र सीमा सुरक्षा बल लगाएर काटेर लगेको उहाँहरुको भनाई छ । आफु सँग पुर्जा भएको जमिन भारतमा परे पछि जिल्ला प्रशासन कार्यालय देखी गृह मन्त्रालय गुहारेका स्थानीयले २० वर्ष पुगी सक्दा पनि अहिले सम्म जमिन फिर्ता पाउन सक्नु भएको छैन । “५७ नं. पिलर सारिएका कारण आफ्नो जमिन भारतमा परेको र आफ्नो जमिन फिर्ता गराइदिन जिल्ला प्रशासन देखि २०७२ मशिर २७ गते गृह मन्त्रालयमा समेत आवेदन दिदा पनि अहिले सम्म कुनै पहल भएको छैन हामी सँग लालपुर्जा पनि छ कर पनि हामिले नै तिर्ने गरेका छौ तर खति भने भारतीय नागरिकले गर्ने गर्दछन” थपुवाका स्थानीय कृष्ण प्रसाद थारुले बताउनु भयो ।
दुई देशको सर्वे नापी भए पश्चात् आफूहरूले खेती गर्दे आई रहेको जमिन भारतमा परे पछि आफ्नो जग्गा खोसिएको उहाँहरूको भनाई छ । नापी गलत भएको भए २०२१ सलको नापीले छुटाएको जमिन त्यस पछिको नापीले कसरी भारतमा पा¥यो हामी पनि अन्योलमा छौ जग्गा फिर्ता गराइदिन सबै ठाउँमा पुग्यौ तर फिर्ता भएन स्थानीय विश्राम थारुले बताउनु भयो । जग्गा भारत तर्फ पर्ना साथ जिल्ला प्रशासन कार्यालय हुँदै गृह मन्त्रालय उहाँहरु पुग्नु भयो तर सुनुवाई भएन । यो विषय दुई देशको सीमाको विषय भएकाले यसलाई गृह मन्त्रालयलेनै सुल्झाउनु पर्ने र त्यस बारेमा आफुले बुझ्ने जिल्ला प्रशासन कार्यालय बर्दिएका सहायक प्रमुख जिल्ला अधिकारी रोशन कठायतले बताउनु भयो ।
ज्योति पन्थी








