बर्दिया असार १२ गते बाँके युनेस्को क्लब द्वारा बर्दिया का सात वटा विद्यालयलाई बाल विकास कक्षा व्यवस्थापन सामग्री हस्तान्तरण गरिएको छ ।
बालबालिकाको शिक्षामा गुणस्तरीय सिकाइ वातावरण प्रवर्द्धन गर्ने उद्देश्यले बर्दिया जिल्लाका सात ओटा विद्यालयहरूलाई बाल विकास (ECD) सामग्रीहरू हस्तान्तरण गरिएको छ। यो हस्तान्तरण प्लान इन्टरनेशनल नेपालको सहयोगमा तथा बाँके युनेस्को क्लबको समन्वयमा सामग्री वितरण गरिएको हो।

शम्भु शरण माध्यमिक विद्यालय,त्रिशक्ति माध्यमिक विद्यालय
जानकी माध्यमिक विद्यालय, गौरीशंकर माध्यमिक विद्यालय,
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मुक्त कमैया आधारभूत विद्यालय लाई स्मार्ट टेलिभिजन, खेलकुद सामग्रीहरू, शैक्षिक चार्ट, फर्निचर, कार्पेट, कुसन (ढकिया) लगायतका सामग्रीहरू वितरण गरिएको हो। सामग्रीहरू बालमैत्री सिकाइ वातावरण सृजना गर्न र प्रारम्भिक बाल विकासलाई प्रवर्द्धन गर्न प्रदान गरिएको हो। प्रत्येक विद्यालयलाई रु. १,७७,५०६ बराबरको सामग्री हस्तान्तरण गरिएको छ, जुन बाँके युनेस्को क्लबको आर्थिक सहयोगमा प्रदान गरिएको हो।
सामग्रीहरू बाँके युनेस्को क्लबका उपनिर्देशक तथा ‘सशक्त बालिका परियोजना’ (Girls Standing Strong – GSS) का परियोजना प्रमुख गोविन्द प्रसाद लामिछाने द्वारा हस्तान्तरण गरिएको हो। उनले यस पहलको मुख्य उद्देश्य प्रविधिमा आधारित समावेशी सिकाइको पहुँच विस्तार गर्नु रहेको बताए।
सामग्री हस्तान्तरण ‘सशक्त बालिका परियोजना’ अन्तर्गत गरिएको हो, जसले प्रविधिमैत्री, बालमैत्री तथा सुरक्षित सिकाइ वातावरण निर्माण गर्ने लक्ष्य राखेको छ। लामिछानेले प्रारम्भिक बाल शिक्षा सुदृढ गर्न यस्ता नवीन प्रयासहरू अत्यन्तै महत्वपूर्ण हुने बताए।
बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रावेज अली सिद्दिकीले प्रत्येक विद्यालयमा सुरक्षित कोठा व्यवस्थापन गरी सामग्रीको प्रभावकारी प्रयोग सुनिश्चित गरिने जानकारी दिए। साथै, विद्यालयहरूले सामग्रीको नियमित मर्मत सम्भार, दीगो प्रयोग र सिकाइ मूल्याङ्कनको जिम्मेवारी पनि लिने बताए।
त्रिशक्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री दिपेश गुप्याले बाल विकास सामग्रीको सहयोगप्रति आभार प्रकट गर्दै यसले कक्षाकोठा व्यवस्थापनमा सहजता ल्याउने र विद्यार्थीहरूको सिकाइ उपलब्धिमा सुधार ल्याउने बताए। साथै, उनले शिक्षक, अभिभावक र विद्यार्थीको सहकार्यमा सिकाइ वातावरणलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा सहभागी सबै विद्यालयले विद्यालयमा शैक्षिक रूपमा सक्षम वातावरण निर्माण गर्न सहयोग पुर्याएकोमा परियोजना टोलीप्रति आभार व्यक्त गरेका थिए।








