[the_ad id="16865"]

सामाजिक सञ्जालमा भाइरल ट्राफिक प्रहरी साउँद

सामाजिक सञ्जालमा भाइरल ट्राफिक प्रहरी साउँद
[the_ad id="16873"]

ज्योति पन्थी
बर्दिया साउन ६ गते । सडकमा यात्रा गर्ने यात्रुहरुलाई विभिन्न माध्यमबाट ट्राफिक सम्बन्धि सचेतना जगाएका कारण टाफीक प्रहरीमा कार्यरत देवेन्द्र बहादुर साउद यतिबेला निकै चर्चामा हुनुहुन्छ ।
यात्रु तथा सर्वसाधारणलाई जनचेतना जगाउने काममा अग्रसर देखिए पछी ट्राफिक प्रहरी हवलदार देवेन्द्र बहादुर साउँद यस अघि पनि जिल्ला प्रशासन कार्यालयबाट सम्मानित हुनु भएको हो । यति बेला साउँद बर्दियाको राजापुरमा कार्यरत हुनुहुन्छ । उहाँ केही समय यता देखि सामाजिक सञ्जालमा भाईरत समेत हुनु भएको छ ।
जिल्लामा कार्यरत तिन दर्जन ट्राफिक प्रहरीको चर्चा कमै मात्र हुन्छ तर पछिल्लो समय देवेन्द्र बहादुर साउँद सामाजिक सञ्जाल फेसबुक, टिकटक देखि यु टुव मा निकै भाइरल हुन हुन्छ । उहाँले सडकमा यात्रुलाई चेकजाँच गर्ने क्रममा गरेको ब्यवहारले सडकमा यात्रा गर्ने यात्रुहरू पनि खुसी हुनुहुन्छ । सडकमा यात्रु सँग सवारी साधनको कागज पत्र परीक्षण गर्ने देखि यात्रुलाई सुरक्षित यात्रा गर्ने र सुरक्षित यात्रा गर्ने क्रममा अपनाउनु पर्ने सावधानीको विषयमा समेत उहाँले यात्रुहरूलाई सकारात्मक तरिकाले सम्झाउने गर्नुहुन्छ । साइकल चढ्ने देखि बस चढ्ने सम्मले उहाँको कुरालाई मनन गर्ने गर्दछन् । उहाँले सडकमा काम गर्दा सडकमा रोकिएका यात्रुले कि उहाँ सँग सेल्फी खिच्छन भने की उहाँले सम्झाउँदै गरेको दृश्यको भिडियो कैद गरेर सामाजिक सञ्जालमा पोस्ट गर्दछन् ।


यात्रुहरूलाई सुरक्षित यात्रा गर्नका लागि प्रोत्साहन गर्नु मेरो काम हो मेरो गर्ने तरिका फरक भएर होला यात्रुहरूले निकै गहन रूपमा लिनुहुन्छ ट्राफिक प्रहरी हवलदार देवेन्द्र बहादुर साउँदले बताउनु भयो । साउँदले कुनै यात्रुलाई रोकेर कागजपत्र माग्दा यात्रुहरूले कहिल्यै पनि नराम्रो मान्दैनन् उहाँ अहिले सबै तिर परिचित भई सक्नु भएको छ त्यसैले पनि उहाँ अहिले सामाजिक सञ्जालमा भाइरल हुनुहुन्छ मधुवन नगरपालिका वडा नं.८ का स्थानीय अमर भण्डारीले बताउनु भयो । जिल्ला प्रहरी कार्याल अन्तर्गत इलाका प्रहरी कार्यालय राजापुरमा दरबन्दी भएका साउँद करिब एक वर्ष देखि ट्राफिक प्रहरीमा कार्यरत हुनुहुन्छ । उहाँको यात्रुलाई सुरक्षित यात्राका बारेमा सम्झाउने शैली धेरैको मनमा बस्ने गरेको राजापुर नगरपालिका वडा नं. ७ का स्थानीय केशव शर्माले बताउनु भयो ।
बर्दिया जिल्लामा यति बेला साउँद जस्तै भुरिगाउँ, बाँसगढी मैनापोखर र तालातालका ट्राफिक प्रहरीले पनि उनिबाट सिकेर धेरै ठाउँमा सुरक्षित यात्राको बारेमा जानकारी गराउने गरेको र साउँदले निकै राम्रो काम गरेका कारण अहिले सामाजिक सञ्जालमा भाइरल भएको र उनी अन्य ट्राफिक प्रहरीलाई समेत प्रेरणा बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका ट्राफिक प्रहरी निरीक्षक सुधीर खडकाले बताउनु भयो । उहाँको काम कदर योग्य भएकाले उहाँलाई सम्मान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रोशन कठायतले बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search