[the_ad id="16865"]

सहकारीद्वारा कृषकलाई कृषि सामाग्री वितरण

सहकारीद्वारा कृषकलाई कृषि सामाग्री वितरण
[the_ad id="16873"]

बर्दिया साउन ६ गते । बर्दियाको गुलरिया नगरपालिका वडा न ४ तुल्सिपुरमा रहेको दिगोपन सामाजिक उद्यमी महिला सहरकारी सन्थाले कृषकहरूका लागी अति आवश्यक पर्ने कृषि औजार र कृषि सामाग्री वितरण गरेको छ ।
दिगोपन सामाजिक उद्यमी महिला सहकारी सन्थाले केरा खेती गर्दे आएका कृषकका लागी आवश्यक पर्ने सिचाई गर्न पानीको मोटर २७ जनालाई ,पाइप एक हजार दुई सय केजी, मिनी टिलर ५ जनालाई, ,पानीको बोर १२ स्थानमा, स्प्रे टंयाकी ३४ जनालाई र ४४ हजार केराका बिरुवाहरू कृषकहरूलाई वितरण गरेको हो ।
लामो समय देखि ग्रामीण भेगमा सहरकारी सञ्चालन गर्दे आएको दिगोपनले गाउँघरमा रहेका कृषकहरूको उत्पादन र आमदानी बढाउनका लागी कृषि औजार सहित समाग्रीहरु वितरण गरिएको दिगोपन सामाजिक उद्यमी महिला सहकारी सस्ताका अध्यक्ष जितकुमारी योगीले बताउनु भयो । दिगोपनले गरेको काम अहिले सम्म जिल्लमानै उदाहरणिय भएको गुलरिया नगरपालिकाका उप प्रमुख सावित्रा गौतमले बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search