ज्योति पन्थी
बर्दिया साउन ६ गते । बर्दिया जिल्लामा बजाज मोटरसाइकिलको आधिकारिक विक्रेता ग्लोबल अटोमोटिभस प्रा .ली . ले बजाज साटासाट अफर सञ्चालनमा ल्याएको छ।
बर्दिया जिल्लामा बजाज कम्पनीका मोटरसाइकलहरू बिक्री गर्दै आइरहेको ग्लोबल अटोमोटिभस प्रणालीले साउन ६ गते देखि ११ गतेसम्म गुलरिया बजारको राधाकृष्ण चोकमा बजाज साटासाट अफर सञ्चालनमा ल्याएको हो ।
ग्लोबल अटोमोटिभस प्रालीले सञ्चालनमा ल्याएको साटासाट अफरमा बजाजले बजाज कम्पनीबाट उत्पादन भएका प्लाटिना पल्सर लगायतका मोटरसाइकिल तत्काल फाइनान्स गर्न सकिने १० हजार बराबर पुराना मोटरसाइकिलको अतिरिक्त मूल्याङ्कन गरिने मोटरसाइकलमा लाग्ने सम्पूर्ण सामग्रीहरू निशुल्क उपलब्ध गराइने र मोटरसाइकिलमा आकर्षक नगद छुटको समेत व्यवस्था रहेको ग्लोबल अटोमोटिप्स प्रणालीका सञ्चालक चन्द्रदिप जोशीले बताउनु भयो । जोशीले बर्दियाको सदरमुकाममा पहिलोपटक ग्राहकका लागि विभिन्न सुविधासहितको साटासाट अफर सञ्चालन गरिएको बताउनु भयो ।
साउन ६ गते मङ्गलबार देखि ११ गतेसम्म गुलरियाको राधाकृष्ण चोकमा सञ्चालन हुने साटासाट अफरमा ग्राहकहरूको आकर्षण समेत बढ्दै गएको छ। पछिल्लो समय युवा पंक्तिमा बजाजका मोटरसाइकलहरू लोकप्रिय हुँदै जाँदा बजाजले पनि युवाहरूलाई आकर्षण गर्ने किसिमको अफर सञ्चालनमा ल्याएको बजाज कम्पनीले जनाएको छ ।









