बर्दिया साउन १० गते । संविधानको धारा ३५ मा स्थानीय सरकारले स्थानीय स्तरमानै स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य अनुरूप स्थानीय तह अन्तर्गत रहेका आधारभूत स्वास्थ्य केन्द्रहरू किशोर किशोरी मैत्री हुनु पर्ने उल्लेख गरिएको छ
नेपाल सरकारको नीति बमोजिम किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गर्नु पूर्व गुलरिया नगरपालिकामा रहेका आधारभुत स्वास्थ्य केन्द्रमा बिद्यालयमा अध्यनरत किशोर किशोरीहरूलाई नै प्रयोग गरेर आधारभूत स्वास्थ्य केन्द्रको स्कोर कार्ड मूल्याङ्कन ( सेवाको मूल्याङ्कन गरि नम्बर दिने) गर्न सुरु गरिएको छ । उनिहरुको मुल्यांकनका आधारमा स्वास्थय केन्द्रलाई किशोर किशोरी मैत्री स्वास्थ्य सस्था घोष्णा गरिने छ ।


स्थानीय सरकारले सञ्चालन गरेको आधारभूत स्वास्थ्य केन्द्रले प्रदान गर्ने सेवा प्रवाहको मुल्याकन गर्नका लागी विद्यालयमा अध्ययनरत किशोर किशोर किशोरीहरूलाई प्रयोग गरिएको हो । गुलरिया नगरपालिका वडा नं.७ मा रहेको हिमाली आधारभूत विद्यालय र वडा नं.३ मा रहेको कृष्णसार आधारभूत विद्यालयका ५ जना किशोर किशोरीहरूलाई प्लान नेपालको सहयोगमा राधाकृष्ण थारु जनसेवा केन्द्रले यौन तथा प्रजनन स्वास्थ्य र स्वास्थ्य संस्थामा दिइने सेवा,गुणस्तर लगायतका विषयमा तालिम दिए पश्चात् उनीहरूलाई स्वास्थ्य संस्थाको मूल्याङ्कन गर्ने जिम्मेवारी दिइएको हो ।

स्वास्थ्य संस्थाको पहिलो मूल्याङ्कनमा देखिएका कमजोरी सुधार गर्दे दोस्रो मूल्याङ्कनमा संस्थालाई नम्बर दिएर किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गर्ने लक्ष्य बमोमि किशोर किशोरीहरिलाई स्वास्थ्य केन्द्रको मूल्याङ्कन गर्ने जिम्मेवारी दिइएको गुलरिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिव कुमार चौधरीले बताउनु भयो । आधारभूत स्वास्थ्य केन्द्रबाट प्रवाह गरिने ४५ वटा मापदण्ड मध्य आधारभूत स्वास्थ्य केन्द्रमा हुनै पनेै १२ वटा मापदण्डको किशोर किशोरीहरूलाई मूल्याङ्कन गर्ने जिम्मेवारी दिइएको छ । उनीहरूले मूल्याङ्कन गर्ने मापदण्डमा स्वास्थ्य सस्ताहरूमा किशोर किशोरी मैत्री लागो, पानी बिजुली र बिरामीलाई प्रतीक्षा गर्ने कक्ष,स्वास्थ्य संस्था हराभरा, किशोर किशोरीको अन्र्तकृयाका लगायत किशोर किशोरीलाई स्वास्थ्य सेवा प्रदान गर्दा हुने गोप्यता बारेमा मुल्याकन गर्ने जिम्मेवारी दिइएको छ ।

पहिलो पटक विद्यालयमा अध्ययनरत रहेका किशोर किशोरीहरूलाई मुल्याकंन गर्ने जिम्मेवारी दिइएको र त्यो अवसर पाउँदा खुसी लागेको कृष्णसार आवी का विद्यार्थी कृति निषादले बताउनु भयो । सरकारको लक्ष्य बमोजिम नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य सस्ताहरूलाई विभिन्न किसिमका मानदण्ड पुरा गरी किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गर्ने उद्देश्य अनुरूप किशोर किशोरी परिचालन गरिएको गुलरिया नगरपालिका वडा नं.७ का वडा अध्यक्ष मनोज कुमार यादवले बताउनु भयो ।

बर्दिया जिल्लामा लामो समय देखि स्वास्थ्य क्षेत्रमा काम गर्दे आई रहेको कोईका र प्लान नेपालको सहयोगमा राधाकृष्ण थारु जन सेवा केन्द्र बर्दिया ले आधारभूत स्वास्थ्य केन्द्रहरुलाई किशोर किशोरी मैत्री स्वास्थ्य केन्द्र निर्माण गर्ने गरी काम गरी रहेको राधाकृष्ण थारु जनसेवा केन्द्रका सुपरभाइजर खिमा खत्रीले बताउनु भयो ।








