ज्योति पन्थी
बर्दिया साउन १० गते । सरकारले २०८१ भदौ २७ मा भू उपयोग नियमावली २०७९ दोस्रो पटक संशोधन गर्दे गत असार मसान्त सम्म स्थानीयतहरुलाई जग्गा वर्गीकरण गर्न समय दिएको थियो तर बर्दियाका स्थानीयतहरुले जग्गाको वर्गीकरण गर्न नसक्दा जग्गाको कित्ताकाट रोकिएको छ ।
जग्गा वर्गिकरण नुहदा नापी कार्यालय र भुमि सुधार तथा मालपोत कार्यालय समेत सुनसान छ । भू उपयोग नियमावली अनुसार स्थानीयतहरुले दश विधामा जग्गा वर्गीकरण गर्नु पर्ने भए पनि बर्दिया जिल्लाका आँठ स्थानीयतहहरुले जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाट रोकिएको हो । विगतका वर्षहरूमा कित्ताकाट हुनका लागी कृषि क्षेत्र र आवासीय क्षेत्र मात्र वर्गीकरण गरी जग्गाको बेच बिखन र नामसारी हुदै आएको भए पनि साउन महिना देखि भू उपयोग नियमावलीले कृषि,पर्यटन,ब्यवसायीक, आवासीय, औद्योगिक, खानी तथा खनिज क्षेत्र, बन क्षेत्र,नदी खोला ताल सिमसार क्षेत्र,सार्वजनिक उपयोग क्षेत्र सांस्कृतिक तथा पुरातात्त्विक क्षेत्र र नेपाल सरकारको आवश्यकता अनुसार तोकिएको क्षेत्र गरी १० विधामा जग्गा वर्गीकरण गर्न स्थानीयतहरुलाई निर्देशन जारी गरेको भए पनि अहिले सम्म बर्दियामा जग्गा वर्गीकरणको काम हुन सकेको देखिँदैन ।
नियमावलीले तोकेको दश वटा मापदण्ड मध्यमा बासगढी नगरपालिकाले आवासीय, कृषि र ब्यवसायीक गरी तिन विधामा र बढैयाताल गाउँपालिकाले आवासीय कृषि र पर्यटन गरी तिन विधामा जग्गाको वर्गीकरण गरेको भए पनि गुलरिया नगरपालिका, मधुन नगरपालिका, राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकाले भने आवासीय र कृषि गरी दुई विधामा मात्र जग्गाको वर्गीकरण सम्पन्न गरेका छन् । स्थाननिय तहमा भएको निजी तथा सार्वजनिक जग्गाहरूको मुल्याकन र वर्गीकरण प्रत्येक कित्ता अनुसार हुनु पर्ने भए पनि स्थानियतहरुले अहिले सम्म जग्गा वर्गीकरण गर्न नसक्दा जग्गाको साउन महिना देखि जग्गाको कित्ताकाट समेत रोकिएको छ । भू उपयोग नियमावली अनुसार प्रत्येक स्थानीयतहरुलाई १० विधामा रहेर जग्गाको वर्गीकरण गर्न पत्राचार गरिएको भए पनि अहिले सम्म कुनै पनि स्थानीयतहले जग्गाको वर्गीकरण नगरेको भूमि सुधार तथा मालपोत कार्यालय बर्दियाका सूचना अधिकारी नरेश तिवारीले बताउनु भयो ।
यस वर्षको साउन महिना देखि भने १० बिधामानै जग्गाको वर्गीकरण हुनु पर्ने किटान भएकाले कित्ताकाट समेत हुन सकेको देखिँदैन । नियमावलीले प्रस्ट रूपमा दश वटा मापदण्ड भित्र रहेर स्थानीयतहहरुले जग्गा वर्गीकरण गर्नु पर्ने तोकेका कारण बर्दियाका आँठ स्थानीयतहहरुले वर्गीकरण नगरेका कारण जग्गाको कित्ता काट गर्ने काम साउन महिना देखिनै बन्द भएको नापी कार्यालय बर्दियाका सुचना अधिकारी रणबहादुर वि.कले बताउनु भयो । जग्गाको वर्गीकरण समयमा नभएका कारण स्थानीयलाई जग्गा खरिद बिक्री गर्न समस्या भएको बर्दिया बारका अध्यक्ष खडानन्द तिवारीले बताउनु भयो ।
जग्गाको कित्ताकाट हुन नसक्दा पारिवारिक अंशवण्डा, नामसारी, जग्गा खरिद बिक्री समेत बन्द भएको छ भने कार्यालयले प्राप्त गर्ने राजस्व समेत प्रभावित भएको छ ।








