ज्योति पन्थी
बर्दिया साउन २० गते । बर्दिया जिल्लाको सदरमुकाममा रहेको गुलरिया नगरपालिकामा पिउने पानीमा अत्याधिक मात्रामा ईकोलाईज नामक ब्याक्टेरिया भएको पाइएको छ ।
नेपाल इन्जिनियरिङ कलेजले सन २०२० देखि २०२४ सम्म सञ्चालन गरेको ब्राउन गोल्ड परियोजनाको अनुसन्धानमा गुलरिया नगरपालिका क्षेत्रको पिउने पानीमा अत्याधिक मात्रामा ईकोलाईज नामक ब्याक्टेरिया भएको पाइएको हो ।
नेपाल इन्जिनियरिङ कलेजले गरेको अध्ययनका क्रममा गुलरिया नगरपालिका क्षेत्र भित्र जाडो याममा ४१ प्रतिशत र बर्सातको समयमा ९१ प्रतिशत ईकोलाईज भएको पाइएको हो । उत्त ईकोलाईज स्थानीयले निर्माण गरेको सेफटी ट्याक र अन्य दिशाजन्य पदार्थको उचित व्यवस्थापन हुन नसक्दा बढेको पाइएको नेपाल इन्जिनियरिङ कलेजका प्रोफेसर सावित्री कुमारी त्रिपाठीले बताउनु भयो । गाउँ घरमा बनाइने सेप्टी टंयाकीहरु उचित तरिकाले नबनाउँदा र भरिएको सेप्टी टंयाकी सरसफाइमा ध्यान नदिँदा सेप्टी ट्याकबाट मिसिएको दिशाजन्य पदार्थको ईकोलाईज जमिन मुनिको पानीमा मिसिएको निष्कर्ष समेत अनुसन्धानले निकालेको छ । 
गाउँघरमा बनाइने सेफटी ट्याक लगायत विभिन्न किसिमका शौचालय निर्माणमा ध्यान नदिँदा उत्पादन हुने ईकोलाईज ब्याक्टेरियाका कारण मानिसहरूमा ज्वरो, टाईफाईट र विभिन्न किसमका रोगहरू लाग्ने गरेको अनुसन्धानले देखाएको छ । नगरपालिका क्षेत्र भित्र रहेका गाउँहरूमा पानीको ईकोलाईज बढ्न नदिन सेफटी ट्याक सरसफाइ गर्न नेपाल इन्जिनियरिङ कलेजले निर्माण गरेको गुल्पर मेशिनको समेत सोमबार गुलरियामा सार्वजनिक गरिएको छ । काठ र केही फलाम र प्लास्टिकको पाइप जडा नगरेर नेपाल इन्जिनियरिङ कलेजले निर्माण गरेको गुल्पर मेशिन विपन्न तथा न्यून आय भएका स्थानीयका लागि सरसफाइ गर्न उचित देखिएको छ । सवारी साधन पुग्न नसक्ने गाउँघरमा गुल्पर मेशिनको प्रयोगले स्वधारणले निर्माण गरेको सेफटी ट्याक सरसफाइ गर्न मद्दत पुग्ने रिसर्च असिस्टेन्ट सावीर खानले बताउनु भयो । ईकोलाईजलाई पानीमा मिसिन नदिन यसको मेशिनको निर्माण गरिएको र न्यून बजेटमा गाउँघरमा तयार गरिने यो मेशिन सत्य साबित हुने कलेजका उप प्राध्यापक अरुण सत्यालले बताउनु भयो । गाउँघरमा दिशाजन्य पदार्थको उचित व्यवस्थापन हुन नसक्दा ईकोलाईज ब्याक्टेरिया बढेको पाइएको गुलरिया नगरपालिका वास परियोजना संयोजक एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकुन्द अर्यालले बताउनु भयो । लामो सयम देखि नेपाल इन्जिनियरिङ कलेजले गुलरियाको अनुसन्धान गरेको र पानिको ब्याक्टेरियाको बारेमा जानकारी गराएकाले यसको सरसफाईमा नगरपालिका सधै लाग्ने नगर उप प्रमुख सावित्रा गौतमले बताउनु भयो ।








