[the_ad id="16865"]

महिलाहरुद्धारा चप्पल कारखाना सञ्चालन

महिलाहरुद्धारा चप्पल कारखाना सञ्चालन
[the_ad id="16873"]

ज्योति पन्थी
बर्दिया साउन २० गते । बर्दिया जिल्लाको गुलरियामा १४ जना महिलाहरू मिलेर चप्पल कारखाना सञ्चालनमा ल्याउनु भएको छ । गुलरिया नगरपालिकाले महिलाहरुलाई उद्यमी बनाउने उद्धेश्य अनुरुप ३० जनालाई ७ दिने तालिम दिए पछि महिलाहरूले चप्पल कारखाना सञ्चालनमा ल्याउनु भएको हो ।
गुलरिया नगरपालिकाको सञ्चालन गर्दे आएको लघु उद्यम कार्यक्रम अन्तर्गत चप्पल बनाउने तालिम पाए पछि महिलाहरूले चप्पल कारखाना सञ्चालन गरेर उत्पादन समेत सुरु गर्नु भएको छ । पहिलो चरणमा नगरपालिकाले तालिम सहित उहाँहरूलाई चप्पल बनाउन आवश्यक पर्ने मेशिन, कच्चा पदार्थ लगायतको समेत जानकारी गराएको थियो । तालिम पाएका तिस जना मध्य १४ जना महिलाहरू मिलेर कारखाना सञ्चालनमा ल्याएको महिलाहरूले बताउनु भएको छ ।
“सुरु सुरुमा हामीहरूलाई केही थाहा थिएन हामीलाई नगरपालिकाले ७ दिनको तालिम दियो त्यस पछि हामीले बुझ्दै गयौ र चप्पल कारखाना सञ्चालन गर्ने निधो गरयौ” गुलरिया नगरपालिका वडा नं.६ श्रीराम टोलकी रमा श्रेष्ठले बताउनु भयो । नगरपालिकाले आवश्यक सामाग्री सहयोग गरे पछि महिलाहरूले पहिलो चरणमा महिला पुरुष दुवैले प्रयोग गर्न मिल्ने साधारण प्रकारको चप्पल उत्पादन गर्नु भएको छ । महिलाहरू उत्पादन गरेको चप्पल घर घरमा पुगेर बिक्री गर्ने गरेको वडा नं. ६ की शिवशङ्कर टोलकी बासिन्दा सिता गोडियाले बताउनु भयो । तालिम पछि चप्पल बनाउने मेशिन र केही कच्चा पदार्थ नगरपालिकाले सहयोग गरेको गुलरिया नगरपालिका वडा नं.६ का वडा अध्यक्ष सुधांशु प्रकाश शर्माले बताउनु भयो ।
गुलरिया नगरपालिकाले यस वर्ष पनि महिलाहरूले सञ्चालन गरेको चप्पल कारखानालाई सहयोग गर्ने र यसको बजार बिस्तार गरिने गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताउनु भयो । महिलाहरूले उत्पादन गरेको चप्पल अहिले गुलरिया बजार क्षेत्रका गाउँ घरमा बिक्री हुने गरेको छ भने आगामी दिनमा यसको बजार बिस्तार गरी अन्यत्र बजारहरूमा समेत पुराउने लक्ष्य रहेको महिलाहरूले बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search