[the_ad id="16865"]

बबई नदीको चेपाङमा घटदै पानीको सतह गुलरियामा जोखिम कायमै

बबई नदीको चेपाङमा घटदै पानीको सतह गुलरियामा जोखिम कायमै
[the_ad id="16873"]

ज्योति पन्थी
बर्दिया साउन २० । बर्दिया जिल्लामा दिन देखि देखि परेको अविरल वर्षाले बबई नदीमा बढेको पानीको सतह घटदै गएको छ । मंगलबार दिउसो करिव १२ बजे बर्दियाको चेपाङमा ७ दशमलव ०९ मिटर पानिको सतह पुगेको भए पनि साझ पाँच बजे भने पानिको सतह घटेर ६ दशमलव ०३ मा मिटरमा पुगेको छ । बिहान नदीले खतराको तह पार गरेको भए पनि साँझ भने केही मात्रामा पानिको सतह घटेको हो ।
बर्दिया जिल्ला लगायत आसपासका पहाडी जिल्लामा अत्यधिक वर्षा भएपछि बबईको चेपाङ जलमापन केन्द्रमा नदीले खतराको तह पार गरेको हो। बर्दिया चेपाङ स्थित बबई नदीमा पानीको सतह घटदै गएको भए पनि सदरमुकाम गुलरियामा भने जोखिम कायमै रहेको छ । चेपाङमा मापन गरिएको पानी गुलरिया पुग्न कम्तिमा ६ घण्टा लाग्ने भएकाले जोखिम कायम रहेको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताउनु भयो । उहाले वर्षात भई रहेकाले सजग हुन नदी तटिय क्षेत्रका स्थानीयलाई अनुरोध समेत गर्नु भयो ।

पानीको सतह बढदै जादा जोखिम युक्त स्थनमा नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई खटाईएको छ भने यसैबिच नदीमा पानिको बहाव बढदै जाँदा नदी तटिय क्षेत्रका स्थानीयहरुलाई शुरक्षित हुन जिल्ला प्रहरी कार्यालय बर्दियाले अनुरोध गरेको छ । बबई नदीको बाढीका कारण ठाकुरबाबा नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका जोखिममा पर्ने गरेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search