[the_ad id="16865"]

गाउँ बचाउन श्रमदान

[the_ad id="16873"]

ज्योति पन्थी
बर्दिया भदौ ६ गते । बर्दिया र कैलालीको सीमा क्षेत्रबाट बग्ने कर्णाली नदीको कटानबाट एक दर्जन गाउँ जोखिममा परे पछि अहिले दैनिक तिन सय जना स्थानीय श्रमदानमा जुटनु भएको छ ।
बर्दियाको राजापुर नगरपालिका वडा नं. ४ को दलैघाटमा निर्माण गरिएको तटबन्ध नदीले कटान गरे पछि गाउँ पस्ने खतरा बढ्दै गएको भन्दैै नदी कटान रोक्न स्थानीयहरू जैविक तटबन्ध निर्माणमा जुट्नु भएको हो ।
दलैघाटबाट नदीले कटान गरेर गाउँ पसेमा राजापुर नगरपालिका वडा नं. ४ अन्तर्गत पर्ने सङ्घर्ष नगर, घुम्ना, दलै गाउँ, शिवपुर, र अनन्तपुर लगायतका गाउँहरू कर्णाली नदी पस्ने खतरा बढ्दै गएको छ । करिब १० वर्ष अघि तत्कालीन कर्णाली नदी व्यवस्थापन आयोजनाले राजापुरको दलैघाट क्षेत्रमा निर्माण गरेको तटबन्ध जीर्ण बन्दै जाँदा नदीले तटबन्धको तलको भाग कटान गर्न सुरु गरेका कारण तटबन्धनै बगाउने खतरा बढ्दै गएको छ । करिब एक किलोमिटर क्षेत्रफलमा नदी कटान तीव्र भए पछि अहिले दैनिक तिन सय जना स्थानीयले रुख, झाला पाता, र बोरामा बालुवा भरेर नदी कटान रोक्ने प्रयास गरिएको छ । राजापुर नगरपालिका वडा नं.४ दलैगाउँका बडघर गोपाल थारुले नदीले प्रत्येक दिन कटान सुरु गरे पछि अस्थायी बाध बनाएर नदी कटान रोक्ने प्रयास सुरु गरिएको बताउनु भयो । राजापुर नगरपालिकाको दलैघाटबाट नदी पसेमा राजापुर बजार क्षेत्र पनि डुबानमा पर्ने देखिन्छ । राजापुर ४ सङ्घर्ष नगरका स्थानीय बडघर जलवीर थारुले कर्णाली नदीले एक किलोमिटर जति क्षेत्रमा कटान गरेका कारण कुनै विकल्प नभए पछि जनश्रमदानबाट नदीमा अस्थायी तटबन्ध निर्माण सुरु गरिएको बताउनु भयो ।
कर्णाली नदीले कटान गरेको क्षेत्रमा पटक पटक नदी व्यवस्थापनको काम गर्न माग गरेको भए पनि उक्त क्षेत्रमा नदी व्यवस्थापनको काम हुन सकेको छैन । राजापुर नगरपालिका वडा नं.४ का वडा अध्यक्ष विदुर पोख्रेलले नदी व्यवस्थापनको काम नभएकाले कर्णालीको कटान र बाढीको खतरा बढ्दै गएको बताउनु भयो । वडा नं ४ बाट नदी पसेमा वडा नं ४ का आधा दर्जन गाउँ र वडा नं ७ सहित राजापुर नगरपालिकाको करिब १२ सय घरहरू डुबानमा पर्ने देखिएको छ । कर्णाली नदी व्यवस्थापनका लागि सञ्चालनमा ल्याइएको सिचाई तथा जलस्रोत व्यवस्थापन आयोजनाले दलैघाट क्षेत्र जोखिम युक्त क्षेत्रको रूपमा पहिचान गरी नदी व्यवस्थापनको काम गर्न गत वर्ष नै विभागमा फाइल पठाएको भए पनि फाइल स्वीकृत हुन सकेको छैन । सिचाई तथा जलस्रोत व्यवस्थापन आयोजना राजापुरका प्रमुख सुदिन मोक्तानले दलैघाट क्षेत्रमा तटबन्ध निर्माण गर्न फाइल बुझाएको भए पनि स्वीकृत हुन नसक्दा कान नभएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search