[the_ad id="16865"]

युरिया मलको खोजीमा ३० किलोमिटर साइकलमा

युरिया मलको खोजीमा ३० किलोमिटर साइकलमा
[the_ad id="16873"]

बर्दिया भदौ १४ गते । बर्दियाको बारबर्दिया नगरपालिका वडा नं.४ रानीपुर बरबट्टा का राम प्रसाद थारु आईतबार बिहान रासायनीक मलको खोजीमा गुलरिया नगरपालिका वडा नं. १० को नेपाल भारत सिमानामा पुग्नु भयो ।
गुलरिया नगरपालिकाको वडा नं.१० स्थित नेपाल भारत सीमाको भादापुरवा गाउँ देखि पदनाहको रानीपुर बर बट्टा गाउँ करिब १५ किलोमिटरको दुरी मा पर्दछ । मलको खोजीमा नेपाल भारत सीमा क्षेत्रमा पुग्नु भएका थारुले त्याहा पुग्न १५ किलोमिटर साइकल यात्रा गर्नु भयो र युरिया मल लिएर फर्कदा पनि १५ किलोमिटर साइकल यात्रा गर्नु हुन्छ । उहाँ मात्र हैन अहिले बारबर्दिया नगरपालिका मधुवन नगरपालिकाका विभिन्न स्थानबाट मल खोजीमा नेपाल भारत सीमा क्षेत्रको भारतीय गाउँ भादा पुरुवा पुगेर मल खरिद गरी घर पुग्दा ३० किलोमिटर सम्म कृषकले साइकल चलाउनु पर्ने बाध्यता छ ।
मल लिन नेपाल भारत सीमा क्षेत्रमा पुग्ने कृषकले नेपाली प्रहरी देखि सशस्त्र प्रहरी र भातिय सीमा सुरक्षा वलको आँखा समेत छल्नु पर्ने हुन्छ । मल लिन नेपाल भारत सीमा पुग्नेले नेपाली सुरक्षाकर्मीलाई जसो त्यसो फकउँछन तर भारतीय सुरक्षा कर्मी सँग भने अनेकन् बिन्ती गर्नु पर्ने हुन्छ । बारबर्दिया नगरपालिका ४ रानीपुर बर बट्टाका कृषक राम प्रसाद थारुले एक बोरा मलका लागी निकै कष्ट बेहोर्नु परेको बताउनु भयो । उहाँले भन्नु भयो “देशमा मल पाइँदैन बिहान ४ बजे घरबाट हिँडेका हौ गुलरिया पुग्दा ९ बज्यो १ बजे सम्म त घर पुगिन्छ भन्ने आस छ” । हामीले प्रश्न गर्दा उहाँ डराए जस्तो गर्नु भएको थियो । हामीले सञ्चारकर्मीको परिचय दिए पछि उहाँले खुलेर भन्नु भयो । राम प्रसाद मात्र हैन राम प्रसाद जस्तै सयौँ कृषक भारतीय बजारमा एका बिहानै मल खरिद गर्न पुग्ने गर्दछन् । बारबर्दिया नगरपालिका ४ रानीपुरका भुलही थारुले मलको खोजीमा दिनभरी साइकल चलाउनु परेको बताउनु भयो । बर्दिया जिल्लामा सरकारी मल न्यून मात्रामा आउने गरेको छ । आवश्यक मात्रामा मलको आपूर्ति हुन नसक्दा भारतीय बजारमा कृषक ठगिने गरेका छन् । जेठ मसान्त सम्म सीमावर्ती बजारमा पाइने २६ सयमा पाइने मल अहिले भारतीय बजारमा २६ सय ५० रुपैयाँ सम्म पर्ने गर्दछ ।
५० हजार दुई सय ५० हेक्टर जमिनमा धान खेती हुने बर्दिया जिल्लामा मात्र १० हजार मेट्रिक टन युरिया मलको आवश्यकता पर्दछ । गत वर्षको तथ्याङ्क हेर्ने हो भने बर्सभरिमा ६ हजार ३४४ मेट्रिक टन मात्र युरिया बर्दियामा भित्रिएको देखिन्छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दिया प्रमुख सागर ढकालले कृषकले मलको माग गरे बमोजिम युरिया मल र डि ए पीक अपुर्ति हुन नसकेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search