बर्दिया भदौ १४ गते । सडक निर्माणमा भएको तीव्र विकासका कारण सडमा सञ्चालन हुने सवारी साधनहरुको दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ । बर्दिया जिल्लामा विगत पाँच वर्षमा सडक दुर्घटनामा परि एक सय ८० जनाको मृत्यु भएको छ । 
जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले दिएको जानकारी अनुसार पाँच वर्षमा मात्र आँठ सय ३३ सवारी साधन दुर्घटनामा परि एक सय असि जनाले ज्यान गुमाएका छन् । तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७७।७८ मा ८९ वटा सवारी साधन दुर्घटना हुँदा २८ पुरुष, सात महिला, दुई वालक गरी ३७ जनाको मृत्यु भएको छ । त्यसै गरी आर्थिक वर्ष ०७८।७९ मा सडक दुर्घटनामा परि ३१ पुरुष, १० महिला, एक बालिका, ४ जना वालक गरी ४६ जनाको मृत्यु भएको छ । त्यसै गरी आर्थिक वर्ष ०७९।०८० मा बर्दिया जिल्लाको विभिन्न स्थानमा भएको सडक दुर्घटनामा २३ पुरुष, ८ महिला, एक वालक, एक वालिका गरी कुल ३३ जनाको मृत्यु भएको छ । 
आर्थिक वर्ष ०८०।०८१ म ८० वटा सवारी साधन दुर्घटना हुँदा २४ जना पुरुष, १ महिला, १ बालिका गरी कुल २६ जनाको मृत्यु भएको छ । जिल्ला टाफिक प्रहरी कार्यालय बर्दियाले दिएको जानकारी अनुसार आर्थिक वर्ष ०८१।९८२ मा ४ सय ८२ सवारी साधन दुर्घटना हुँदा २९ पुरुष, ४ महिला, १ वालिका र ४ जना वालक गरी कुल ३८ जनाको ज्यान गएको जिल्ला टाफिक प्रहरी कार्यालय बर्दियाका ट्राफिक प्रहरी निरीक्षक सुधीर कुमार खडकाले बताउनु भयो ।
पाँच वर्षको समयमा बर्दिया मा मात्र ८ सय ३३ सवारी साधन दुर्घटना भएका छन् जसमा एक सय ३५ पुरुष, ३० महिला, ४ वालिका, ११ वालको मृत्यु भएको तथ्याङ्कमा देखिन्छ । त्यसै गरी पाँच वर्षको समयमा सडक दुर्घटनामा परेर ३ सय ११ जना गम्भीर घाइते भएका छन् भने नौ सय एक जना सामान्य घाइते भएका छन् । जिल्ला टाफिक प्रहरी कार्यालय बर्दियाले पहिला पहिला दुर्घटना अपडेट हुँदैन थियो तर गत वर्ष देखि सरकारले दुर्घटना पनि सफटेवरमा अपलोड गर्न निर्देशन जारी गरेका कारण गत आर्थिक वर्षमा अत्यधिक दुर्घटना भएको देखिएको छ । बर्दियाको पूर्व पश्चिम हुलाकी सडकमा बढी दुर्घटना हुने गरेको देखिन्छ भने यात्रुहरूको मृत्यु पनि राजमार्ग भन्दा हुलाकी सडकमा बढी हुने गरेको जिल्ला ट्राफिक प्रहरी कृष्ण डी सिले बताउनु भयो । बर्दियाको तथ्याङ्कमा निजी सवारी साधन भन्दा पनि सार्वजनिक सवारी साधन बढी दुर्घटनामा पर्ने गरेको देखिन्छ ।








