बर्दिया भदौ २२ गते । छोरा छोरीहरूको उमेर अनुसार यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी शिक्षा सल्लाह दिनका लागी बर्दियाको गुलरियामा बुबा बैठक सम्पन्न भएको छ ।
किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी चेतना फैलाउने उद्देश्यले बर्दियाको गुलरियामा बुवा बैठक आयोजना गरिएको हो । बाँके युनेश्को कल्वले बाल बिवाह न्यूनीकरणका लगी सञ्चालन गरेको सशक्त बालिका परियोजना अन्तर्गत बर्दियाको गुलरियामा बुवा बैठक सम्पन्न भएको हो । बैठकमा उपस्थित बुवाहरूले आफ्ना परिवार तथा छर छिमेकमा रहेका नानी बाबुहरूलाई गर्ने व्यवहार, बालबालिकाको यौन तथा प्रजनन स्वास्थ्य अधिकार, समुदायमा सकारात्मक अधिकारको अभ्यास परिवद्र्धन गर्ने र यौनिकतालाई बुझन र ब्यवहारमा लैजान, परिवार भित्र खुला छलफल गर्ने बानीको विकास गर्न अभिप्रेरित गर्ने उद्देश्यले बुवा बैठक आयोजना गरिएको हो । बाँके युनेश्को क्लब बर्दियाका कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछानेले परिवारमा रहेका छोरा छोरीहरूलाई सकारात्मक दृष्टिकोण सहित यौनिकता बुझ न र व्यवहार मा लैजानका लागी बुवा बैठकको आयोजना गरिएको बताउनु भयो ।

बाल विवाह न्यूनीकरणका लागी काम गर्दे आएको गैर सरकारी संस्था बाँके युनेश्को क्लबले बर्दियामा आयोजना गरेको बुवा बैठक पहिलो बैठक हो । बैठकमा उपस्थित अधिकांश बुवाहरू जसका नानी बाबुहरू विद्यालयमा अध्ययनरत रहेका छन् उहाँहरुको उपस्थिति रहेको थियो । बुवा बैठकमा सहभागी गुलरिया नगरपालिका वडा नं. ११ डल्लाइपुरका स्थानीय राममुरत यादवले यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी आवश्यक जानकारी र अभिप्रेरणा मिलेको बताउनु भयो । बैठकमा किशोर किशोर किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा जानकारी गराइएको थियो । 

कार्यक्रममा उपस्थित बुवाहरूले कार्यक्रमबाट आफूहरूले धेरै कुरा सिक्न पाएको बताउनु भयो । गुलरिया नगरपालिकाका उमेश कुमार यादवले बालबालिकाको बारेमा बुवा बैठकबाट गरिएका निर्णयहरू घर घरमा कार्यान्वयन गर्ने गरी सम्पन्न गरिएको बताउनु भयो । गुलरिया नगरपालिकाकी उप प्रमुख सावित्रा गौतमले बाँके युनेश्को क्लबले बाल विवाह नियन्त्रणका लागी काम गरी रहेका समयमा आयोजना गरिएको बुवा बैठकले समाजमा सकारात्मक प्रभाव पार्ने बताउनु भयो । उहाँले समुदाय स्तरबाट यस्ता कार्यक्रम गर्न सके किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा समेत टेवा पुग्ने बताउनु भयो ।











