[the_ad id="16865"]

कृष्णसारको अवलोनकमा पर्यटक बढदै

कृष्णसारको अवलोनकमा पर्यटक बढदै
[the_ad id="16873"]

बर्दिया । बिश्वमा दुर्लभ वन्यजन्तुमा सूचीकृत दुर्लभ जनावर कृष्णसार अवलोकन गर्न आन्तरिक र विदेशी पर्यटक अवलोकनका लागी आउन थालेका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्न आउने पर्यटक आज भोली कृष्णसारको अवलोकन गर्न आउन थाले पछि स्थानीय समेत उत्साहित भएका छन् । निकुञ्ज अवलोकन गर्न आउने पर्यटक बर्दिया राष्ट्रिय निकुञ्ज देखि करिब ४५ किमी दूरीमा गुलरिया नगरपालिका–२ खैरापुरमा रहेको कृष्णसार संरक्षण क्षेत्रमा आउन थालेका छन् ।

कृष्णसार संरक्षण क्षेत्रको तथ्याङ्कलाई हेर्ने हो भने गत आर्थिक वर्ष ०८१र०८२ मा स्वदेशी, सार्क र विदेशका गरी ४ हजार ६ सय पर्यटकले कृष्णसार अवलोकन गरेका थिए । कृष्णसार संरक्षण क्षेत्र कार्यालयका रेन्जर रामु केसीले सोही अवधिमा १सय ७ विदेशी सहित १३ सार्क र नेपाली ४ हजार ५ सय ८७ पर्यटकले अवलोकन गरेको बताउनु भयो । कृष्णसार संरक्षण क्षेत्रको यस चालु आवको असोज महिनाको पहिलो सातासम्म स्वदेशी र विदेशी गरी ४ सय ९३ जना पर्यटक आएका छन् । यस अवधिमा विदेशी पर्यटक जम्मा २ जना आएको उनले जनाए । यस आर्थिक वर्षमा बर्सातको मौसमका कारणले पनि पर्यटक कम आएको संरक्षण कार्यालयले जनाएको छ । पर्यटक भित्रिए पनि यस क्षेत्रमा खान, बस्नका लागि रिर्सोट, होटेल र होमस्टे नहुँदा पर्यटक दिनभर अवलोकन गरेपछि पुनः बर्दिया निकुञ्जस्थित होटेलमा फर्किने गर्छन् । सरकारले कृष्णसार संरक्षण क्षेत्र घोषणा गरे पछि अवलोकनमा आउने स्वदेशी, सार्क र विदेशी पर्यटकहरूलाई छुट्टा छुट्टै शुल्क निर्धारण गरेको छ । जस अनुसार विदेशीलाई २ हजार, सार्कबाट आएका पर्यटकलाई ५ सय र नेपालीलाई सय रुपैयाँ रहेको छ । हाल कृष्णसार संरक्षण क्षेत्रमा २ सय ४८ वटा कृष्णसार संरक्षण क्षेत्रमा रहेका छन् । तीमध्ये भाले ३२, पोथी १ सय ५१ र बच्चा ३५ वटा रहेको रेन्जर केसीले बताए । कृष्णसार बर्दियाको गुलरिया नगरपालिका–२ खैरापुर क्षेत्रमा फैलिएर रहेको छ ।
संरक्षण क्षेत्र भित्र बस्ति भएकाले संरक्षणमा समस्या भएको छ । कृष्णसार संरक्षण समितिका अध्यक्ष दीपेन्द्र यादवले कृष्णसार जोगाउन संरक्षित क्षेत्रमा रहेका अनधिकृत बस्ती हटाउनु पर्ने बताउनु भयो । ७ सय ८ बिघा क्षेत्रफल रहेको संरक्षित क्षेत्रमा ३ सय ५० बिघा बढी जग्गा भूमिहीनका नाममा घर जग्गा भएकाले समेत अतिक्रमण गरेको कृष्णसार संरक्षण समितिले जनाएको छ । सरकारले ०६५ साल चैत ३ गते कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search