[the_ad id="16865"]

चितुवा आक्रमणले त्रासमा स्थानीय

चितुवा आक्रमणले त्रासमा स्थानीय
[the_ad id="16873"]

बर्दिया आफनै गाउँ सँग जोडिएको नजिकैको केतुवाई सामुदायिक बन क्षेत्रमा घाँस काटदै गर्दा गुलरिया नगरपालिका वडा नं.१२ टडुवा गाउँकी कविता राना मृत्यु भयो । उनी सँगै त्यस क्षेत्रमा आक्रमणमा परि एक महिना पहिला गत साउन ३० गते जुगारनी चौधरीले ज्यान गुमाएकी थिइन ।
गुलरिया टडुवाकी रानालाई चितुवाले सामुदायिक बन क्षेत्रमा घाँस काट्दै गर्दा आक्रमण गरेको थियो भने चौधरीलाई उखुवारीमा घास काट्दै गर्दा आक्रमण गरेको थियो । चितुवाले पटक पटक आक्रमण गर्न थालेपछि बर्दियाका अधिकांस स्थानका स्थानीयहरु चिन्तित छन ।
गुलरिया नगरपालिका वडा नं.१२ मा चितुवाको आक्रमण बढ्दै जाँदा स्थानीयहरू त्रसित मात्र बनेका छैनन् घरबाट निस्कन समेत समस्या देखिएको छ । गाउँमा स्थानीयले नै संरक्षण गरेको सामुदायिक बन क्षेत्रबाट चितुवाको आक्रमण बढ्दै जाँदा अहिले वडा नं.१२ को टडुवा र भैसाही गाउँ त्रासमा छ । गुलरिया बजार आउनका लागी प्रयोग हुने एक मात्र सडक सँग जोडिएको सामुदायिक बन क्षेत्रमा आइतबार चितुवाले आक्रमण गर्न थाले पछि स्थानीयहरू बजार किनमेलका लागी आउन पनि डराउन थालेका छन् । गुलरिया नगरपालिका वडा नं १२ का स्थानीय हरि प्रसाद थारुले सामुदायिक बन क्षेत्रमा चितुवाको आक्रमण बढ्दै जाँदा मानिसहरूलाई घर बाहिर निस्कन र बजार जान समेत समस्या भएको बताउनु भयो । केही महिना यता देखि गुलरिया नगरपालिका क्षेत्रमा चितुवाको आक्रमण बढ्दै गएको छ ।
घरबाट घास काटनका लागी सामुदायिक बन पुग्नु भएकी रानालाई चितुवाले आक्रमण गरे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । गुलरिया नगरपालिका वडा नं. १२ की वडा सदस्य एवं स्थानीय भारती सुनारले चितुवा आक्रमण हुना साथ प्रहरीलाई खबर गरिएको बताउनु भयो । सामुदायिक बन क्षेत्र र आसपासका वस्तिमा चितुवाको आक्रमण बढ्दै गएको छ । डिभिजन वन कार्यालय बर्दियाको मातहतमा रहेको सामुदायिक बन क्षेत्रमा चितुवाको आक्रमण बढ्दै जाँदा मानिसहरूमा डर उत्पन्न हुँदै गएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सरोजमणि पौडेलले चितुवा आक्रामक तरिकाले प्रस्तुत हुने भएकाले सावधानी अपनाएर हिँडडुल गर्नु महत्त्वपूर्ण विषय रहेको बताउनु भयो । यस अघि पनि गुलरिया नगरपालिका वडा नं.६ को पाचपाण्डप चोक र ५ को बालापुरमा बालिकाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search