पृथ्वीनारायण तिमि धर्ती हौ आकाश हौ
राष्ट्रको धरोहर हौं जनताकाे विश्वास हौ।।
बाइसे र चौबीसेका टुक्रा राज्य मिलाएर
सिंगो माला उन्यौ सयौं थुँगा सिलाएर।।
एकताको अभियान तिमीले नै चालेका हौ
नयाँ घर निर्माणको जग हाल्न थालेका हौ।।
नेपाल र नेपालीको खम्बा अनी सान बन्यौ
राजनेतालाई राजनीतिको मुहान बन्यौ।।
—-बाबुराम पाण्डे